काठमाडौको मनमैजु मन्दिरमा चोरी

काठमाडौको मनमैजु मन्दिरमा चोरी

काठमाडौँ, भदौ १७ । काठमाडौको पुरानो मन्दिर मध्य एक मनमैजु मन्दिरमा चोरी भएको छ । तारकेश्वर नगरपालिका ९ , स्थित पुरानो नेवारी बस्तिमा रहेको यो मन्दिरमा गए राति चोरी भएको स्थानीय बासीले जानकारी दिए । आज बिहिवार विहान सबेरै ४ बजे तिर मन्दिर प्रबेश गर्दा त्यहाँ ताल्चा फोडिएको देखेपछि चोरी भएको थाहा भएको हाम्रा समाचारदाता लक्ष्मीहेरा महर्जनले बताए । मन्दिरमा दानपत्र र पूजाआजामा उपयोग हुने विभिन्न तामा र पित्तलका पुरातात्विक महत्वका भाँडाकुँडाहरु हराएको बताइन्छ । स्थानीयबासीहरुको भनाईमा दानपत्रमा भएको नगद र पुरानो भाँडाकुँडाहरु गरि करिब एक देखि डेढ लाखको समान हराएको प्राथमिक अनुमान गरिएको छ। मन्दिर भएको चोरी सम्वन्धी छानबीन गर्न प्रहरी प्रशासनलाई जानकारी दिइसकेकोले अनुसन्धान भइरहेको त्यस क्षेत्रका जनप्रतिनिधिले जानकारी दिए ।

लोकप्रिय