कांग्रेसमय बन्यो भक्तपुर

भक्तपुर,भदौ १९ । भक्तपुर जिल्लाका विभिन्न वडाहरुमा सर्वसम्मत रुपमा निर्वाचन सम्पन्न संगै नेपाली कांग्रेसको चौधौं महाधिवेशन विधिवत् रुपमा शुभारम्भ भएको छ ।
भक्तपुरको सूर्यबिनायक नगरपालिका ५ कटुन्जेको वडा अधिवेशनको शनिबार एक समारोहका बीच बिधिवत् शुभारम्भ गर्दै प्रधानमन्त्री एवं पार्टी सभापति शेर बहादुर देउवाले महा अधिवेशन अब तोकिएकै मितिमा हुने सन्देश दिनुभएको छ । प्रधानमन्त्री देउवा कटुन्जेको साथै मध्यपुर १, लौहकिल्थलिमा पनि पार्टी संगठन अनुगमन गर्न पुग्नुभएको थियो ।
भदौ १८ गते शुक्रवारदेखि देशका ५१ जिल्लाका वडाहरुमा निर्वाचन प्रक्रिया भएको छ । प्रायः वडा तहमा वडाकार्य समिति र वडाबाट जाने क्षत्रीय प्रतिनिधिहरु सर्व सम्मत र निर्विरोध रुपमा चयन भएका छन् । जिल्लाका ठुला नेताहरु रहेका वडाहरुमा भने चुनाव गर्ने वातावरण देखिएको छ ।
भक्तपुर जिल्लाको चार नगरपालिकाका पनि प्राय सर्बसम्मत तरिकाले निर्बिरोध रुपमा वडा र क्षेत्रिय प्रतिनिधि चयन भएको समाचार प्राप्त भएको छ । सूनपाका १० वडामध्य ८ नं वडा डोलेश्वर सिपाडोल क्षेत्रमा सर्वसम्मत गर्न प्रक्रिया स्थगन गरि छलफल गरिँदै रहेको र १० चितापोलमा निर्वाचनको लागि नामावली दर्ता भएर २१ गते निर्वाचनको तयारी गरिएको छ । भने अरु आठ वडामा सर्व सम्मत रुपमा समिति गठन भएको छ ।
जसअनुसार सूनपा १ सिरुटारमा सभापति सुरज मिश्र,२ प्रभुराम माढि श्रेष्ठ, राजेन्द्र ट्वाँटी, ६ मा राजु ढुँगेल सभापति सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै मध्यपुर नगरपालिकाको वडा नं। ९ मा सर्वसम्मत सम्पन्न भएको छ भने वडा १,४ र ६ भने मध्यपुर सम्हाल्ने नेतृत्वहरुको पकड देखाउन सर्वसम्मत भन्दा निर्वाचनबाटै को कति शक्तिशाली छ रु देख्ने देखाउने अबस्थाको सृजना भएको छ ।
त्यस्तै भक्तपुर नगरका ३ र ९ बाहेकका वडाहरुमा पनि सर्वसम्मत भएको छ, जस अनुसार जुझारु बौद्धिक ब्यक्तित्व नारायण तमखु सर्वसम्मत सभापति भएका छन ।
सूर्य बिनायक ७ गुण्डुमा भेष बहादुर कार्की, नमस कार्की, साबित्री कार्की र अनिता कार्की प्रतिनिधि चयन भएका छन् । त्यस्तै सुशिल बस्नेत र बिक्रम बस्नेत ९राजु० पनि क्षेत्रीय प्रतिनिधी भएका छन् । साथै गौरी केसी केसी हरि बहादुर खड्का, मणिराम वाग्ले, राम कुमार नगरकोटी, रामचन्द्र नगरकोटी, शंकर गिरी, सुनिता कर्णबेरी, मैयाँ थापा मगर, तारा रम्तेल पनि सर्वसम्मत क्षत्रीय प्रतिनिधि चयन भएका छन् । वडा सभापतिमा जगदिश बस्नेत सर्बसम्मत निर्बाचित भएका छन् ।
नगरका वडा तहका निर्वाचनबाट अब भक्तपुरमा आगामी निर्बाचनमा जिल्ला सभापति र महाधिबेशनबाट केन्द्रिय महाधिबेशनमा प्रतिनिधि कति हुन्छन् निक्र्योल हुनेछ । अहिलेसम्म भक्तपुरका चार वटै नपाका वडाहरुमा दुर्लभ थापा र अष्ट कवेका लागि जिल्ला सभापतिमा को अगाडी रु भन्ने बिश्लेषण, आँकलन शुरु भएको छ । साथै जिल्ला सभापतिमा भक्तपुरमा बिभिन्न पदाधिकारी र सभापतिका आकाँक्षीहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
प्रतिकृया दिनुहोस्