सूर्यविनायक नगर अस्पतालको सुधार मन्त्री थापालाई सकस पर्दै

सूर्यविनायक नगर अस्पतालको सुधार मन्त्री थापालाई सकस पर्दै

भक्तपुर । वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर जिल्लालाई स्वास्थ्य क्षेत्रको हबका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । जो आफैमा अत्यन्तै राम्रो कुरा हो । तर, उनले प्रतिवद्धता व्यक्त गरेको कुरा पुरा हुन्छ भन्नेमा विश्वास गर्ने आधारहरु भने भेटिदैन । उनकै व्यक्तिगत मिहेनत र परिश्रमबाट निर्माण गरिएको सूर्यविनायक नगर अस्पताल भित्र मौलाएको वेथिति र अनियमिततालाई नियन्त्रण गर्न नै उनलाई पहाड पर्ने छ ।

मन्त्री थापा यस भन्दा अघि सूर्यविनायक नगरपालिका वडा नं ८ को वडा अध्यक्ष भएका थिए । उनी अध्यक्ष भएको कोरोनाको समयमा सो अस्पताल विशेष गरी उनकै पहलमा निर्माण भएको थियो । तर, अहिले सो अस्पताल भित्र देखिएको वेथिति उनले चाहेर पनि सुधार गर्न नसक्ने अवस्थामा पुगेको स्रोतको दावी छ । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र प्रदेशमन्त्री थापाको बढ्दै गएको राजनीतिक अन्तरकलहका कारण मन्त्री थापाले सो अस्पतालको आन्तरिक पक्ष सुधार गर्न गाह्रो देखिएको हो । उनले अर्थात मन्त्री थापाले जिल्लालाई नै स्वास्थ्य क्षेत्रको हब बनाउने ठूला–ठूला कुरा गर्नु भन्दा पहिले आफ्नै वडामा रहेको अस्पतालको आन्तरिक पक्ष सुधार गरेर देखाउन स्थानीयले आग्रह गरेका छन् । अस्पतालमा देखिएका समस्याहरुको समाधान गर्न उनी निकट सो अस्पतालका कर्मचारीहरुले उनलाई सुझाव दिएको स्रोतले जानकारी गराएको छ ।

नगर अस्पताल लामो समय देखि अव्यवस्थितढंगबाट संचालित हुँदै आएको छ । नगर अस्पतालको व्यवस्थापनमा देखिएको अस्वस्थ गतिविधिका कारण अस्पताल कर्मचारीहरुको एक आपसमा प्रतिसोध साध्ने थलोको रुपमा विकास हुन थालेको छ । यो कुराको अहिले मात्रै होइन, पहिले देखि नै मन्त्री थापा जानकार नभएका पनि होइनन । त्यसैले यो अस्पताल सुधार उनका लागि कठिन मात्रै होइन, चुनौतिपूर्ण नै बनेको सोही अस्पतालमा कार्यरत कर्मचारीहरु बताउँछन ।

उनले आफ्नो बधाई भाषणको धेरै ठाउँमा भक्तपुरवासी जनताले उपचारको लागि काठमाडौँ जानुपर्ने बाध्यता आफूले अन्त्य गर्ने घोषणा गरेका थिए । त्यति मात्रै हैन ,उनले कार्यक्रमहरुमा कुनै पनि उपचारको लागि मनोहरा कटेर काठमाडौँ जानु नपरोस् भन्ने महत्वपूर्ण योजनाका साथ आफू अघि बढेको समेत जानकारी गराउँदै आएका थिए ।

त्यसका लागि आफूले अस्पतालका विज्ञ तथा डाक्टर, व्यवस्थापन र समितिहरुसँग सझुावहरु लिइरहेको कुरा सुनाएउँदै आएका छन । उनले भनेका छन – भक्तपुरमा नै सुविधा सम्पन्न अस्पतालहरु बनाउने योजना वनाएको छु । यसरी जिल्लाका विभिन्त्र ठाउँमा भएका कार्यक्रमहरुमा बोल्ने क्रममा उनले यसो भनिरहदा नगर अस्पतालकै कतिपय कर्मचारीहरुले भने चियागफमा उनका अधिकाश सोच र योजनाहरुलाई उडाई रहेका छन ।

चियागफमा भेटिएका नगर अस्पतालका ती कर्मचारीहरु भन्छन– अहिले मन्त्री थापाले धेरै भाषण गर्ने भन्दा पनि आफ्नै वडामा रहेको यो नगर अस्पतालको पहिलो चरणमा अर्थात एक महिना भित्र व्यवस्थापन पक्षलाई सुधार गरेर देखाएमा मात्रै पनि काफी हुनेछ । ती कर्मचारीले थपे– मन्त्री थापाले अस्पताल नै सुधार गर्न सक्दैनन । अस्पतालको व्यवस्थापन सुधार नै उनका लागि फलामको चिउरा सावित बन्ने छ । र, अस्पताल व्यवस्थापनको सुधार उनको पहूच भन्दा पनि वाहिर रहेको छ । उनले एक कार्यक्रमहरुमा सूर्यविनायक अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन, आवश्यक जनशक्ति, पूर्वाधारको व्यवस्थापन गर्ने प्रतिवद्धता भने व्यक्त गरेका छन । तर त्यसलाई उनले लागू गर्न सक्छन कि सक्दैनन त्यो भने हेर्न वाकि नै छ । उनका लागि अस्पतालमा विगतमा काम गरिरहेका करारका कर्मचारीहरुको व्यवस्थान पनि समस्याको रुपमा देखिएको छ ।

उता, अस्पताल व्यवस्थापनका कार्यकारी निर्देशक डा. राकेश वर्मा र डा. मनिषा कार्की बीच बढ्दै गएको आपसी द्धन्दका कारण अस्पतालका आम कार्मचारीहरु डा . वर्मा र मनिषाका बीचमा विभाजित भएका छन । यी दुई अधिकारी बीच बढ्दै गएको चिसो पनमा कारण अस्पतामा आउने बिरामीहरुमा नकरात्मक प्रभाव पर्दै आएको बताइन्छ । सूरुमा डा. मनिषाको नै सिफारिसमा वर्मा आएको हो भनिन्छ । तर, पछिल्लो समयमा उनीहरु बीच पावर सेरिङको विषयलाई लिएर आपसी तीख्ता बढ्न पुगेको हो ।

उनीहरु बीच लामो समयदेखि आपसी द्धन्द्ध चर्किएको र त्यही द्धन्द्धका कारण अस्पताल संचालनमा असर परिरहेको नगरपालिकाको स्वास्थ्य शाखालाई थाह नहुने भने कुरै भएन । स्रोतका अनुसार स्वास्थ्य शाखाको भूमिका मिलाउनेमा भन्दा रमिते बन्नेमा बढी देखिएकाले पनि अस्पतालमा कर्मचारीहरुका बीचमा समस्या बढ्दै गएको हो ।
जब सम्म डा. वर्मा र डा. मनिषाबीचमा चल्दै आएको आपसी द्धन्द्ध साम्य पार्न सकिदैन, तब सम्म अस्पताल सुधारको कामले गति लिन नसक्ने अस्पतालकै कर्मचारी बताउँछन् । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर अस्पतालको स्थापना कालदेखि नै सुरु हुँदै आएको अनियमितताको खेती झनपछि झन बढ्दै गएको भन्दै स्थानीयले आवाज उठाउन थालेका छन् ।

लोकप्रिय