बजेटका विषयमा नगर प्रमुख चिप्लिए, भेटियो आफैले प्रमाणीकरण गरेको बजेट

बजेटका विषयमा नगर प्रमुख चिप्लिए, भेटियो आफैले प्रमाणीकरण गरेको बजेट

 

वालिङ । वालिङ नगरपालिकाको १६ औं नगरसभावाट पारित भैसकेको बजेटको विषयले यतिवेला वालिङ तातेको छ । गतअसार १० गतेको नगरसभावाट पारित भैसकेको बजेट नगरप्रमुखले पत्रकार सम्मेलन गरेर अर्को बजेट सार्वजानिक गरेको तथ्य भेटिएको छ । प्रमाणिकरण गरिसकेको बजेट हिमदुतले सार्वजानिक गरेपछि नगर प्रमुख कृष्ण खाँणलाई नैतिक प्रश्न उठेको छ ।
सभामा पेश गरेर पारित भैसकेको बजेटलाई घाटा बजेट उपप्रमुखले पेश गरेको भन्दै हालै नगरपालिकामा पत्रकार सम्मेलन गरेर अर्को बजेट पेश गरेका थिए । पछिल्लो समय पेश भएको बजेटमा समेत उपप्रमुखले चालुतर्फको बजेटमा पेश गरेको भन्दा झण्डै २ करोड वढी रकम लुकाई पेश गरिएको थियो ।
यो संगै अन्यशिर्षकमा समेत नागरिकलाई झुक्याएर आवश्यकभन्दा वढी वजेट राखेर विकास योजनाका बजेट कम गराई पेश गरिएको छ । यसले नगरपालिकाको बजेट प्रतिझनै शंका पैदा गरेको छ ।
आज सार्वजानिक गरेको बजेट उपप्रमुखको समेत सहमतीमानिर्माण गरिएको पटक पटकवताउदै आएकानगर प्रमुख खांण प्रतिलक्षित गरेर उपप्रमुखकवितातिवारीले आजै साँझ विज्ञप्ती जारी गरेपछि खाँणले वोलेको विषय समेत झुटा सावितभएको छ । तिवारीले आफूले स्रोत अनुमान गरेर नागरिकमैत्री बजेत सभामा पेश गरेको दावी गर्दै आएकी छन् ।

लोकप्रिय