नायिका ऋचा शर्मा सुत्केरी भइन

नायिका ऋचा शर्मा सुत्केरी भइन

काठमाडौं। नायिका ऋचा शर्मा सुत्केरी भएकी छिन् । उनले बुधबार बिहान पहिलाे सन्तानकाे रुपमा छोरालाई जन्म दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सुत्केरी व्यथा लागेपछि ऋचा आजै बिहान मात्र अस्पतालमा भर्ना भएकी थिइन् । ऋचालाई नर्मल डिलेभरी हुन नसकेपछी सिजेरियन विधिबाट छोरालाई जन्म दिएकी हुन् । स्रोतका अनुसार अहिले आमा र छोरा दुवै समान्य अवस्थामा छन् भनिएकाे छ।

ऋचा २ वर्ष अघि दिपेक्षविक्रम राणासँग बिहे गरेकी थिइन् । यसअघि गर्भवती रहेकी ऋचा रियालिटी शो कमेडी च्याम्पिएन जज समेत रहेकी र शोको पछिल्लो एपिसोडसम्म पनि निरन्तर काम गरिरहेकी थिइन् । ऋचाले आज राति अस्पतालमा छोरालाई जन्म दिएको कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले दैनिकसमाजलाई जानकारी दिए ।

लोकप्रिय