बाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गरे मन्त्रिपरिषद् विस्तार

बाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गरे मन्त्रिपरिषद् विस्तार

काठमाडौँ– बाग्मती प्रदेश सरकारमा अल्पमतमा रहेका भनिएकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज आफ्नाे मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले आफ्नो सरकारमा बुधबार छ मन्त्री र चार राज्यमन्त्री थपेकी हुन् ।

यो सँगै उनको मन्त्रिमण्डल १२ सद सदस्यीय बनेको छ । मुख्यमन्त्री शाक्यका अनुसार रचना खड्का आर्थिक मामिला तथा योजना, बिजय सुवेदी शिक्षा सामाजिक, शान्तिप्रसाद पौडेललाई उद्योग बन तथा पर्यटन, शशि कटवल क्षेत्री स्वास्थ्य, अजय क्रान्ती शाक्य आन्तरिक मामिला, चन्द्र लामा भूमि कृषि तथा सहकारीमन्त्री बनेका छन् ।

यस्तै चार राज्यमन्त्रीहरु थपेको उनको भनाई छ। शाक्यले यही भदौ २ गते मुख्यमन्त्रीको सपथ खाएकी थिइन् । तर एमालेका १३ जना सांसदले एमाले विभाजित भएर बनेको नेकपा ‘एकीकृत समाजवादी’ रोजेपछि शाक्यको सरकार अल्मतमा परेको हो ।

लोकप्रिय