५० प्रतिशत अनुदानमा किसानलाई हातेट्याक्टर वितरण
स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिका भित्रका किसानलाई हातेट्याक्टर वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिकाको कार्यालय चुलीडाँडामा १०२ जना किसानलाई हातेट्याक्टर वितरण गरिएको हो ।
गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार छनोटमा परेका १०२ जना कृषकलाई वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले हातेट्याक्टर वितरणले किसानलाई कृषिकार्यमा सहज हुने विश्वास व्यक्त गरे ।

‘किसानको हौसलाको लागि हामीले छनोटमा परेका किसानलाई बोलाएर हातेट्याक्टर वितरण गरेका छौँ,’ उनले भने, ‘यसले किसानलाई उत्पादन गर्नमा सहज हुनेछ । पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगबाट उत्पादन वृद्धि तथा किसानलाई सहज हुने भएकाले यसमा हामीले जोड दिएका हौँ ।’
गाउँपालिकाले कृषि उत्पादनमा विशेष जोड दिँदै यस अघि पनि विभिन्न कार्यंक्रमहरु गर्दै आइरहेको छ । गाउँपालिकाले कृषि संग पर्यटन प्रवद्र्धन, सडक बिस्तार, शैक्षिक गुणस्तरका क्षेत्रमा विशेष जोड दिँदै आएको छ । हातेट्याक्टर वितरण गरेपछि कृषकहरुले खुसी व्यक्त गर्दै यसले आफुहरुलाई थप प्रोत्साहन मिल्ने बताएका छन् ।


प्रतिकृया दिनुहोस्