बस र ट्रक एकआपसमा जुध्दा तीन जनाको घटनास्थलमै मृत्यु, २४ घाइते

नवलपरासी ,भदौ २९। पूर्व पश्चिम राजमार्गमा पर्ने पूर्वी नवलपरासीकाे गैँडाकोटमा यात्रुले भरिएकाे बस र ट्रक एक आपसमा ठक्कर खाँदा तीन जनाको ज्यान गएकाे छ ।
यस दुर्घटनामा परि २४ जना घाईते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सुदुर पश्चिम प्रदेश.–०२–००१ ख ११२३ नं.को बस र विपरित
दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं.को ट्रक एकआपसमा ठक्कर खाई बस सडक देखि १० फिट तल खस्न जाँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको र २४ जना घाईते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुुनेमा बर्दिया बाँसबारी नगरपालिका ८ बस्ने बर्ष ७० की योगमायाँ सुबेदी, कन्चनपुर बस्ने बर्ष ४० की रंगी तिरुवा र कन्चनपुर महेन्द्रनगर झलारी बस्ने बर्ष ३५ का कृष्ण राना रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना आज विहान ४ वजे भएको थियो भने सो दुर्घटनामा परि दुई जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्बी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्