६०६औँ स्काउट आधारभूत तालिम (वि.टि.सी) फेदीखोलामा सम्पन्न, २१ शिक्षक दिक्षीत

६०६औँ स्काउट आधारभूत तालिम (वि.टि.सी) फेदीखोलामा सम्पन्न, २१ शिक्षक दिक्षीत

काठमाडौँ । नेपाल स्काउटको ६०६ औं स्काउट आधारभूत तालिम (वि. टि.सी) को दीक्षान्त समारोह स्याङ्जाको फेदीखोलामा सम्पन्न भएको छ । आज (असार २ गते) एक कार्यक्रमका बिच स्थानिय स्काउट फेदीखोला गाउँपालिकाको आयोजनामा तथा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको सहकार्य र प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशको व्यवस्थापनमा सम्पन्न भएको हो । तालिम जेठ २८ गतेबाट सुरु भएर ६ दिन सम्म संचालन भएको हो ।

फेदीखोला गाउँपालिका स्थानिय प्रमुख आयुक्त शोभाकान्त शर्माको अध्यक्षतामा सञ्चालित कार्यक्रममा फेदीखोला गाउँपालिका अध्यक्ष तथा स्थानिय स्काउट संरक्षक घनश्याम सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा नेपाल स्काउट गण्डकी प्रदेश प्रमुख आयुक्त सागर पौडेल, वडा नं १ का अध्यक्ष अमृत क्षेत्री, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश शाखा अधिकृत पुष्पा रायमाझी अर्याल, रिता लम्साल, गण्डकी प्रदेश स्काउट कार्यालय अधिकृत विजय पौडेलको विशेष उपस्थिति रहेको थियो ।

यस्तै नेपाल स्काउट शैक्षिक पद्दति आयुक्त एलिना वि. क, चण्डीडाँडा विद्यालय व्यवस्थापन समितिका सदस्य, प्र.अ ,स्काउट प्रशिक्षक, स्काउट मास्टर, लगाएत विद्यालयका शिक्षक, प्रशिक्षित शिक्षक, विद्यार्थी हरुको बीचमा कार्यक्रम सम्पन्न भएको थियो ।

६ दिनको तालिम पश्चात दीक्षित शिक्षकहरुलाई स्काउट मास्टरको प्रमाण पत्र वितरण गर्दै गाउँपालिका अध्यक्ष सुवेदीले अब शिक्षकहरूले विद्यार्थी समाजमा देखाउनु पर्ने स्काउट शिक्षाको आजबाट शुरुवात भएको बताए । स्काउट मास्टर अग्रपंतिमा रहँदै विद्यालय समाजमा आफ्नो भूमिका देखाउनु पर्ने योजना बनाएर अगी बढ्नु पर्ने जसमा गाउँपालिका सरकार साथमा रहेको उनले बताए ।

तालिम पश्चात फेदीखोला गाउँपालिका बाट १५ शिक्षक, पोखरा महानगर पालिका बाट २ शिक्षक, शुक्लागण्डकी गा.पा बाट २ शिक्षक, गैंडाकोट नगरपालिका बाट १ शिक्षक ,व्यास नगरपालिका बाट १ शिक्षक गरी २१ शिक्षक दिक्षीत भएका छन् ।

लोकप्रिय