लामो समयपछि स्वास्थ्य क्षेत्रमा दक्ष जन शक्ति थप्दै सरकार

लामो समयपछि स्वास्थ्य क्षेत्रमा दक्ष जन शक्ति थप्दै सरकार

काठमाडौं । स्वास्थ्य क्षेत्रमा पाँच वर्षपछि दक्ष जनशक्ति थप गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १२ हजार दक्ष जनशक्ति थप्ने तथा हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया शुरु भएको बताएका छन्।

यसवर्ष झन्डै २५ सय जनशक्ति थप्ने प्रस्ताव छिट्टै मन्त्री परिषद्मा छलफल हुने बताए । लोकसेवाले यसवर्ष ७ सय डाक्टर र ९ सय नर्सको विज्ञापन खोल्ने बताएका छन् ।

प्रतिनिधिसभामा मन्त्रालयको बजेटबारे छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले जनशक्ति थप गर्ने गरी स्वास्थ्य क्षेत्रको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गरेर प्रकृया पूरा गरी मन्त्रिपरिषदमा पेश गर्ने गरी अन्तिम चरणमा रहेको उल्लेख गरेका हुन्।

बजेटमार्फत सघन जलनको उपचार, मुटु, मृगौला प्रत्यारोपण, क्यान्सर लगायतका विशिष्टकृत सेवाहरु सातै प्रदेशका एक एक संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुने गरी व्यवस्था गरिएको मन्त्री पौडेलले बताए ।

पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन रुग्णता सम्बन्धी स्वास्थ्य सेवा सबै स्थानीयतहमा लागू हुने गरि विनियोजन गरिएको उहाले जानकारी दिनुभयो ।

आधारभूत अस्पतालको तीनै तहको सहकार्यमा संघ सरकारबाट चिकित्सक सहित औजार उपकरण उपलब्ध गराई श्रावण १ गते देखि सञ्चालनमा ल्याइने बताए ।

मन्त्री पौडेलले निर्माणाधीन आधारभूत अस्पतालको सम्पन्नता र निर्माण सुरु नभएका स्थानिय तहमा सुरुवात गर्न रणनैतिक स्थानको म्यापिङ्ग कार्य भइरहेको बताए ।

लोकप्रिय