राजाकाे श्रीपेच चाेर्न खाेज्ने युवक प्रहरी नियन्त्रणमा

राजाकाे श्रीपेच चाेर्न खाेज्ने युवक प्रहरी नियन्त्रणमा

काठमाडौं,आश्विन ८ । कोभिड १९ को कारण बन्द भएर केहिदिन अघिमात्र खुलेको नारायणहिटी दरबार संङ्ग्रहालयमा घुम्न आएका एक युवकले त्यहाँ सार्बजनिक प्रदर्शनका लागि राखिएको राजाको श्रीपेच निकाल्न कोशिस गरेछन्।

शुक्रबार बिहान तत्कालीन राज दरबार रहको त्यस संङ्ग्रहालय अवलोकनका लागि पुगेका पश्चिम रुकुम मसिकोट-११ का २५ वर्षीय खिमबहादुर घर्तीले सिसा फुटाएर भित्र रहेको बहुमूल्य रत्न जडित श्रीपेच निकाल्न खोजेपछि सूरक्षाकोलागि खटिएका नेपाली सेनाले उनलाई तत्काल नियन्त्रणमा लिएको छ।

नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार घर्तीले रुपन्देही कक्षमा रहेको ३ फिट लम्बाइ र २ फिट चौडाइ भएको सोकेसमा रहेको श्रीपेच झिक्न खोजेका थिए । ‘उनले संग्रहालयको श्रीपेच कक्ष(रुपन्देही कक्ष) बाट खुकुरी निकालेर सोकेस फुटाउन खोजेका थिए,’ निर्देशक दाहालले भने, ‘सोही कक्षका सुरक्षामा बसेका नेपाली सेनाका सुरक्षा गार्डले नियन्त्रण लिएर प्रहरीलाई बुझाएका छन् ।’

श्रीपेच राखिएको सिसा फुटाउने क्रममा युवकको हात काटिएर रगत समेत आएको छ। उनलाई अहिले सेनाले नियन्त्रणमा राखेको छ।सुरक्षा कर्मीले किन श्रीपेचमा हात हालेको भन्दा ‘म राजा हुन आएको’ भन्दै ती युवकले श्रीपेच निकाल्न खोजेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख रामेश्वर पौडेलले बताए।

पौडेलले पक्राउ परेका घर्तीको मानसिक अवस्था नभएको हुनसक्ने आशंका भएकोले मनोचिकित्सकसंग यसबारे पनि बुझ्ने काम भइरहेको पौडेलले बताए।

लोकप्रिय