नेपाल भित्रिने विदेशी नागरिकको दर्ता तथा अनुगमन गरिने

नेपाल भित्रिने विदेशी नागरिकको दर्ता तथा अनुगमन गरिने

 

काठमाडौ । अध्यागमन विभागले ‘विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली’ लागू गर्ने भएको छ । नेपाल भित्रिने सम्पूर्ण विदेशी नागरिकहरुको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवद्र्धनलाई व्यवस्थित गर्ने उदेश्यले उक्त प्रणाली लागू गरिएको विभाग निर्देशक टिकाराम ढकालले बताए ।
यस प्रणालीको कार्यान्वयनसँगै नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरुको बसोबास तथा गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्ने र आपत्कालिन अवस्थामा खोज उद्दार तथा सुरक्षा सुनिश्चितता गर्न सहज हुने विभागले विश्वास लिएको छ ।
पहिलो चरणमा असोज १ गतेदेखि काठमाण्डौ उपत्यकाभित्रका तारे होटलहरूमा यसलाई अनिवार्य लागु गरिने अध्यागमन विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी दोस्रो चरणमा सबैै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरु र सबै प्रकारका होटल तथा गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाहरुमा लागू हुनेछ । यस प्रणालीमार्फत् डिजिटल दर्ता गरिने जसबाट सरकारले विदेशीहरूको उपस्थिति तथा गतिविधिबारे निरन्तर अनुगमन गर्न सहज हुनेछ ।

लोकप्रिय