जनसाहित्य संघ नेपालको भेला सम्पन्न
धनबहादुर मगर
काठमाडौं, साउन २, जनसाहित्य संघ नेपालको एकता भेला सम्पन्न भएको छ । जनसाहित्य संघ नेपाल तयारी समितिको आयोजना र पुतलीसडक वग्गी खानास्थित पद्यमोदय उच्च माविमा भएको भेलामा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जनसाँस्कृतिक महासंघका इन्चार्ज चिरन पुनले नेपालको कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्था भएको छ-अथवा पश्चिम बंगालको जस्तो भएका छ भन्नु भन्दा पनि । नेपालको अवस्था त्यस्तो होइन । विरासतको हिसाबले ३ कोणबाट कम्युनिष्ट आन्दोलनको विकास भएको बताउदै कम्युनिष्ट मोडलहरु झापा विद्रोह हुँदै २०२८ सालको केन्द्रीय न्यूक्लिएस् सहित, हालको २७ वटा घटकसम्म आईपुग्दा पनि, ३ धार देखिएपनि, धु्रवीकरण चाहीँ २ धारबाट बाटै केन्द्रीत भएकोे बताउनु भयो । सारमा आफ्नो पार्टीले जेनरेशन जेड, निष्कर्षमा आन्तरिक पक्ष भएको बताउँदै विविध कारण चुनावमा जित्न नसकेको बताउनु भयो । पुनले मूलतः हामी सूचना र प्रविधिमा पछि परेका रहेछौं भन्नु भयो ।
आहिले साथीहरुको आलोचना गरेर समय खेरको फालेको छ । लिडरसिप कसैलाई दिएर हुने होइन । खोज्नु पर्ने ठाउँमा नभेटाएर नेता हुने र नेतृत्व गर्ने फरक कुरा हुन् । कम्युनिष्ट आन्न्दोलन कमजोर भयो भन्ने भाष्यमाथि छलफल गर्नु पर्छ । आजको दर्शन कहाँनिर केन्द्रीत हुनुपर्छ । कला साहित्य के हो ?, साँस्कृति के हो ?
‘‘आजको अवस्थामा आर्थिक क्षेत्रको सुधारलाई ध्यान दिनु पर्ने बताउँदै आर्थिक भने कसरी देश चलाउने, देश चलाउने कम्युनिष्ट अर्थतन्त्रको कसरी बनाउने भन्ने तर्फ छलफल चल्नु पर्छ ।’’
साथै आफ्नो क्षमता अभिवृद्धि गर्न अरुलाई गाली गरेर होइन, मनोवल उठाउने बेला आएको छ । ‘‘आजको प्रविधिलाई प्रयोग गरेर वुर्जुवाहरुलाई पनि प्रगतिशील बनाउनु पर्छ । अलगोरिडम वुर्जुवाहरुले मात्र प्रयोग गर्ने प्रविधि होइन ।’’
अखिल नेपाल जनसाँस्कृतिक महासंघका संयोजक भीम कुमाखीले संसदीय राजनीतिमा छिरेपछि कमरेड बन्ने समस्या भएको छ । हामी प्रगतीवादी धारका लेखकहरु हौं । तिखो कलम चलाउने हैसियत भेलाले गर्नु पर्छ । लेखकीय क्षेत्रबाट प्रतिवद्धता भएर अधि बढ्नु पर्छ ।
अखिल नेपाल लेखक संघका पूर्व अध्यक्ष साहित्यकला विभागका सदस्य केशव सिलवालले अगामी दिनमा अझ राम्रा काम गरेर अघि बढ्नु पर्ने धारण व्यक्त गर्नु भएको छ । सिलवालले सिर्जना सहितको जिल्ला र पालिका स्तरसम्म संगठन पु¥याउनु पर्छ । जबसम्म पुँजीवादको अन्त्य हँुदैन, तबसम्म समस्या रहीरहन्छ ।
प्रा.डा.डिपी ढकालले देश बदलिदो परिस्थितिबाट गुज्रिरहेको अवस्था भएकोले परिस्थिति अनुसार आफूलाई पनि बदल्नु पर्ने बताउनु भयो । ९० प्रतिशत घर, परिवार र समाजको सोँच १०÷१० वर्षमा पूरानो भईसकेको अवस्था देखा परेको छ । सामाजिक सञ्जालले धारणा बनाइरहेको अवस्था छ ।
भाषा आयोगका सदस्य मातृका पोखरेलले पुँजीवादी शोषणको रुपहरु बदलिरहेको मात्र नभई लेखनमा समेत समस्या पारेको बचाउनु भयो । माक्र्सवादी दर्शन नयाँ पुस्ताले स्वीकार गरेको अवस्था छैन । माक्र्सवादी आन्दोलन नयाँ ढंगले फर्कन सकेन भने माक्र्सवादी वैचारिक धार कमजोर बन्दै जाने प्रति सचेत हुनु पर्ने बताउनु भयो ।
माक्र्सवादी साहित्यकार तथा नेकपाका केन्द्रीय सदस्य उदय श्रेष्ठले समाज कता गइरहेको छ ? भारतमा राहुल साँस्कृत्यानको शालिक गायव बनाएका छन् । राहुल साँकृत्यानको त्यत्रो घटना हुँदा पनि हामीले लेखेनौं, सरकारले सुकुम्वासीहरुमाथि अन्याय गर्दा पनि हामीले लेखेका छेनौं । एकदुई घण्टा नेताहरुको लामो भाषण भन्दा पनि लेखकहरुले लेखेको विचारहरु १६ लाइनको किन नहोस प्रभावकारी हुने बताउनु भयो ।
भेलामा अगीव वनेपाली संयोजक, बालमुकुन्द कार्की सह–संयोजक रहेको ३३ सदस्यीय सचिवालय, १०१ जना सम्मेलन तयारी समिति रहेको केन्द्रीय समिति चयन गरेको छ ।
कार्यक्रम सञ्चालन भेला तयारी समितिका सह–संयोजक बालमुकुन्द कार्की, अध्यक्षता अखिल नेपाल लेखक संघका पूर्व अध्यक्ष स्वप्निल स्मृत, स्वागत मन्तव्य रामहरी श्रेष्ठले गरेका थिए ।


प्रतिकृया दिनुहोस्