गोर्खाज फाइनान्सको २६ औं साधारणसभा सम्पन्न
काठमाडौ । गोर्खाज फाइनान्स लिमिटेडको आर्थिक बर्ष २०७६÷७७ को २६ औं साधारण सभा हालै होटल क्राउन इम्पेरियलमा सम्पन्न भएको छ ।
साधारणसभावाट नयाँ सञ्चालन समितीहरु चयन भएका छन् । संस्थापक शेयरधनीतर्फ प्रेमबहादुर सापुङ, डेकिन्द्र कुमार राई, कर्ण बहादुर राई, तथा साधारण शेयरधनितर्फवाट रेसु अग्रवाल, नरेन्द्र कुमार अग्रवाल र गौरव बुढाथोकी चयन भएका छन् । त्यसैगरी स्वतन्त्र संचालकमा प्रधुम्नकुमार भट्टराई रहेका छन् । फाईनान्सले मुख्य कार्यालय सहित २६ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरबाट देशको सातै वटा प्रदेश मार्फत सर्वसाधारणलाई सेवा दिईरहेको छ भने विभिन्न बचत योजना सञ्चाल नगरिरहेको छ ।
फाईनान्सले निशुल्क डेविट कार्ड, ईन्टरनेट बैंकिङ, एविविएस सेवा, चेक बुक, कनेक्ट आई.पि.एस. तथा रेमिट्न्स सेवा दिईदै आएको छ । फाईनान्सका शाखाहरु रवि, विर्तामोड, दमक, ईटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा, विरगञ्ज, नारायणघाट, पोखरा, लखनचोक वुटवल, विजौरी दाङ, नेपालगञ्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर, हेटौडा, सर्लाही तथा काठमाण्डौ उपत्यकाभित्र डिल्लीबजार, बौद्व, गोंगबु, न्युरोड, सातदोबाटो र भक्तपुर गरि सातैवटा प्रदेशमा गरी जम्मा २६ वटा शाखाहरु र एक एक्टेनशन काउन्टर सञ्चालनमा रहेका फाइनान्सले जनाएको छ ।
प्रतिकृया दिनुहोस्