परिचयपत्र नभएका व्यक्तिलाई कोठा भाडामा नदिनु : गृह मन्त्रालय

परिचयपत्र नभएका व्यक्तिलाई कोठा भाडामा नदिनु : गृह मन्त्रालय

काठमाडौं : गृहमन्त्रालयले एक सूचना जारी गर्दै परिचयपत्र नभएका व्यक्तिलाई कोठा वा फ्ल्याट भाडामा नदिन अनुरोध गरेको छ । अवैध रुपमा नेपाल भित्रिएका विदेशी नागरिक नेपालमा आएर कोठा भाडामा लिन थालेकाे समाचार बाहिरिएपछि गृह मन्त्रालयले सो अनुरोध गरेको हो।

गृह मन्त्रालयले परिचय लुकाइ कोठा भाडामा लिन आउने वा काम गर्न आउने मानिस भेटिए प्रहरीलाई खबर गर्न समेत विज्ञप्तिमार्फत अुनरोध गरेको छ।

‘पछिल्ला केही दिनका घटनाहरुबाट कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिहरुलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ’, गृहमन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘साथै कोही पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिनुहुन समेत अनुरोध छ ।’

लोकप्रिय