एयरपोर्टमा सीईओ रेग्मीमाथि नै दुव्र्यवहार

एयरपोर्टमा सीईओ रेग्मीमाथि नै दुव्र्यवहार

 

काठमाडौ । डब्ल्ुटीएममा भाग लिएर फर्किएका पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मी एयरपोर्टमा भन्सारका कर्मचारीबाट दुव्र्यवहारमा परेका छन् । यो घटनासँगै एयरपोर्टमा भन्सारका कर्मचारीहरुले सर्वसाधारणहरुलाई अनावश्यक रुपमा दुःख दिन्छन् भन्ने कुरालाई थप पुष्टि गरेको छ । यसअघि पनि एयरपोर्टमा कर्मचारीहरुले अनावश्यक दुःख दिने गरेको गुनासाहरु आउने गरेपनि त्यसतर्फ सम्बन्धित निकायले खासै चासो दिएको देखिँदैन । भन्सारका कर्मचारीहरुले घ¥यायसी प्रयोगका लागि ल्याइने बस्तुहरु समेत खोसिएको केही दिन अघि जापानबाट फर्किएका एक व्यक्तिले दैनिक समाज डटकमलाई बताए । कर्मचारीहरुले कि सामान छाड्नुपर्ने कि पैसा तिर्नुपर्ने उनले हाम्रा प्रतिनिधिलाई गुनासो गरे । यसबीच पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नका लागि गठन भएको प्रतिष्ठित संस्थाको प्रमुख नै एयरपोर्टमा दुःख पाउनुले के संकेत गर्दछ ?
के भन्छन् सिइओ रेग्मी
डब्लूटीएममा भाग लिएर मन्त्रीज्यू, सचिवज्यूसँग हामी विमानस्थलमा अवतरण गर्‍यौं । शनिबार बिहान ९ बजे हामी ६ जना विमानस्थलमा आएका थियौं । विदेशबाट आउँदा एक जनाले एक बोतल रक्सी ल्याउन पाउने नियम अनुसार ड्यूटीफ्रीबाट ६ बोतल रक्सी पनि किनेर ल्याएका थियौं । म सीसीएमसी, अध्यागमन कार्यालय र भन्सार कार्यालय तीन वटै ठाउँको चेकजाँच पूरा गरी अगाडि बढिसकेको थिएँ । अरु साथीहरु पछाडि हुनुहुन्थ्यो ।
६ जनाकै रक्सीको ब्याग मैले बोकेको थिएँ । जब म भन्सारको चेकिङ पूरा गरेर अगाडि बढ्न खोजेँ, भन्सारका एक जना कर्मचारीले त्यसलाई समात, भन्दै तँ तँ म म बोल्दै मलाई रोक्न खोजे । त्यो क्रममा मेरो हातमा भएको ब्याग स्वीङ हुने क्रममा उहाँलाई धकेलियो ।
त्यसपछि कर्मचारीलाई निहुँ भइहाल्यो । हात हालियो भन्ने इस्यू बनाइयो । खासमा अन्य साथीहरुको रक्सीको बोतल मैले बोकेका कारण यो भन्सार विपरीत काम भएको भन्नुभयो । मैले यो मेरो मात्र होइन, अन्य साथीहरु इमिग्रेसनको लाइनमा हुनुहुन्छ, उहाँहरुको बोतल मैले बोकिदिएको हो भन्दा मेरो कुरा कसैले पनि सुनेन । त्यसपछि मलाई मापसे सेवन गरेको भनेर रिपोर्ट बनाइयो । मैले हवाइ यात्राभर मदिरा पिएको थिइन ।
१४÷१५ घण्टा अगाडि होटेलमै पिएको थियो । तर, मलाई चेकजाँच नै नगरी कसरी मापसे पोजेटिभ रिपोर्ट बनाइयो, म छक्क परेँ । त्यहाँ प्रश्न गर्ने कोही थिएन । म पर्यटन बोर्डको सीईओलाई त के भएको हो भनेर स्पष्टिकरण दिने मौकै नदिई कारवाहीको भागीदार बनाइन्छ भने त्यो स्थानमा हरेक दिन पर्यटक र सर्वसाधारणले कति सास्ती पाउँछन् होला ?
सबैजना बोल्न सक्दैनन्, त्यसकारण चुपचाप कारवाही सहन्छन्, मैले त्यहाँको विकृतिबारे बोल्न खोज्दा कर्मचारीले उल्टो दोषारोपण गरिरहेका छन् । म नेपालमा पर्यटक र यात्रुलाई शिष्ट व्यवहार हुनुपर्छ भनेर सिकाउने निकायको प्रमुख छु । विमानस्थलमा भन्सार, अध्यागमनका कर्मचारीको व्यवहारकै कारण यो घटना भएको हो । मैले यसबारे मन्त्रीज्यू, सचिवज्यू सबैमा आजै ब्रिफ्रिङ गर्छु ।

लोकप्रिय