कांग्रेस नेता नवराज गुरुङद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता नवराज गुरुङले आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेता गुरुङले कांग्रेसको १४औं महाधिवेशनमा (आदिवासी÷जनजाति) तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेता गुरुङले आदिवासी जनजातीहरु तथा अन्य समावेशीका जातिहरु सन्तुष्ट नभएको भन्दै पिछडिएका जातिहरुलाई नेपाली कांग्रेसको मुलधारमा ल्याई उनीहरुको बृहत्तर हितमा काम गर्र्नको लागि उम्मेदवारी दिन लागेको बताए ।
उम्मेदवारी घोषणा गर्दै नेता गुरुङले भने,‘महामन्त्रीमा लड्नुपर्ने तपाई पुरानो नेता किन सदस्यमा भनेर साथीहरुले नै भन्ने गरेको छन् । पटक–पटक चुनावमा हार व्यहोर्न परेको पीडा मसँग छ ।’
२०३२ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय भुमिका निभाएका र ३३ सालमा विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिमा समेत साथ दिएका गुरुङले आफु पुराना नेता भएपनि विविध कारणले विगतमा उम्मेदवार बन्ने परिस्थिति नमिलेर आफु पछाडि परेको बताए ।
उम्मेदवारी पार्टीका साथीहरुको सल्लाहमा दिन लागेको बताउँदै उनले राजनीति भनेको राष्ट्रलाई दिने मात्र हो लिने आश गर्नुहुँदैन् भन्दै आफुले पनि धेरैपटक पार्टीको लागि त्याग गरेको स्मरण गराए ।
प्रतिकृया दिनुहोस्