सभापतिमा प्रकाशमानले नछाड्ने

सभापतिमा प्रकाशमानले नछाड्ने

 

काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौको भृकुटीमण्डप स्थित शुभारम्भ भएको छ । केन्द्रीय प्रतिनिधि चयनका लागि देशभरबाट झण्डै ४ हजार ७ सय प्रतिनिधिसहित हजारौं हजार कांग्रेसीहरु राजधानीमा भित्रिएका छन् । यसबीच, केन्द्रीय सभापतिमा कसले बाजी मार्ला भन्ने विषयमा आम मानिसको चासो रहेको छ ।
नेपाली कांग्रेस १४ महाधिवेशनमा प्रवेश गरिरहँदा सभापतिमा हालसम्म ४ आकांक्षी देखिएका छन् । सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला र प्रकाशमान सिंह चारै नेता सभापतिका दाबी गर्दै अगाडि बढेका छन् ।
कांग्रेसमा नेतृत्व परिवर्तनको कुरा उठिरहँदा सभापति शेर बहादुर देउवा पक्षबाट देउवाको मात्र एकल दाबी रहेको कांग्रेस स्रोतको दाबी छ । यता, वरिष्ठ नेता पौडेलले देउवा इतर संयुक्त प्यानल बनाएर चुनावमा जाने भनेको भएपनि संयुक्त उम्मेदवार को हुने भन्ने विषयमा सहमति हुन सकेको छैन । यसबीच युवा नेता प्रकाशमान सिंहले आफूँले सभापतिमा उम्मेदवार दिएरै छाड्ने ढिपी कसेका छन् । उनले ‘यसपटक, एकपटक’ भन्ने नाराका साथ सभापतिमा उम्मेदवार दिने अन्तिम तयारीमा जुटेका छन् ।

लोकप्रिय