एमालेको केन्द्रीय कमिटी बैठक जारी : के के छन एजेण्डा ?

एमालेको केन्द्रीय कमिटी बैठक जारी : के के छन एजेण्डा ?

 

काठमाडौं । नेकपा एमाले दशौं राष्टिय महाधिवेशन चितवनमा भव्य रुपमा सम्पन्न गरेर काठमाडौं फर्किएको छ । चितवनमा सम्पन्न महाधिवेशबाट निर्वाचित केन्द्रिय समितिको पहिलो बैठक हिजो शनिवारबाट काठमाडौंमा शुरु भएर आज आइतवार समापन हुने बताइएको छ ।

जारी केन्द्रिय कमिटी बैठकले स्थायी समिति, पोलिटव्युरोलगायत कमिटीहरु गठन गर्ने बताइएको छ ।
३ सय १ सदस्यीय केन्द्रीय समितिको पहिलो बैठक महाधिवेशन समापनको क्रममा शपथ ग्रहणलगत्तै बन्दसत्र हलमा भएको थियो । निर्वाचनमा उपाध्यक्षका बागी उम्मेदवार घनश्याम भुसाल सपथग्रहणमा सहभागी भएका थिएनन । यस्तै अध्यक्षको प्रत्यासी बनेका भीम रावलले केन्द्रीय सदस्यको शपथ नै खाएनन् । त्यतिबेले केन्द्रीय सदस्यमा विजयी भनिएका रावललाई हलबाट उक्त पदमा समेत पराजित भएको घोषणा गरिएको थियो ।
पहिलो बैठक चितवनमा तर छैन माइन्युट
महाधिवेशन सकिए लगत्तै बसेको पहिलो बैठकमा नव निर्वाचित महासचिव शंकर पोखरेलले केन्द्रिय समितिको पहिलो बैठक बसेको जनाउ दिएका थिए । त्यही बैठकमा नव निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेको बताइएको छ । तर उक्त बैठकको माइन्युट नै नभएको बैठकमा सहभागी एक केन्द्रिय सदस्यले बताए । केन्द्रिय बैठकमा एमाले केन्द्रिय सदस्यहरु भन्दा पनि स्वयमसेवक र दुई दर्जनबढी पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीका सुरक्षाकर्मी खचाखच भरिएका थिए । यसलाई एमालेको केन्द्रिय कमिटीको बैठक भन्न नमिल्ने ती केन्द्रिय सदस्यको भनाई छ ।
केन्द्रिय समिति बैठक भक्तपुरमा
हिजोबाट शुरु भएको केन्द्रीय समिति बैठक जर्मन हाउस हस्पिटालिटी, भक्तपुरमा बिहान ११ बजे बसेको बताइन्छ । जारी केन्द्रिय कमिटी बैठकको कार्यसूचीमा मुख्य १५ वटा एजेण्डा राखिएको एमालेले जनाएको छ । तिनमा चितवनमा सपथग्रहण गर्न बाँकी रहेका केन्द्रीय सदस्यहरुको शपथग्रहण हुनेछ । यसैगरी १० केन्द्रिय महाधिवेशनको समीक्षा र केन्द्रिय कमिटीमा मनोनयन बाँकी केन्द्रिय सदस्यहरुको बारेमा पनि छलफल हुने लागेकोे छ ।
के के छन बैठकका एजेण्डा
यसैगरी बैठकले पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, केन्द्रिय सदस्यहरुको कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन तथा प्रदेश र जिल्ला अधिवेशनको मिति निर्धारण गर्ने बताइएको छ । त्यस्तै विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियताक्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियानबारे निर्णय गरिने कार्यसूचीसमेत रहेको जानकारी एमालले दिएको छ ।
स्याङ्गजाले पायो पाँच केन्द्रिय सदस्यसहित सचिव
यसैबिच दशौं महाधिवेशनमा स्यागजा जिल्लाले मात्र पाँच जना केन्द्रिय सदस्य पाएको छ । त्यसमा पुर्वमन्त्रीसमेत रहेकी पदमाकुमारी अर्यालले केन्द्रिय सचिवको जिम्मेवारी पाएकी छन । मन्त्री हुँदा राम्रो काम गरेको र पार्टीमा महिलाहरुलाई सम्मानजना स्थान दिनुपर्ने भन्दै अध्यक्ष ओलीकै प्रस्तावमा अर्याल सचिव पदमा निर्वाचित भएकी हुन । जिल्लाले केन्द्रिय सचिव पद पाएपछि कार्यकर्ताहरु उत्साही मात्र भएका छैनन कि रौनकता पनि बढेको बताइएको छ ।

लोकप्रिय