प्रधानसेनापति स्वास्थ्य परीक्षणका लागि भारत जाँदै

प्रधानसेनापति स्वास्थ्य परीक्षणका लागि भारत जाँदै

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् । उनी स्वास्थ्य परीक्षणका लागि भारत जान लागेको नेपाली सेनाले जनाएको छ ।त्यसका लागि उनको बिदा स्वीकृत भएको सेनाको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषद्को पुस १५ गते बसेको बैठकले शर्माको पुस १८ गतेबाट ३० गतेसम्म बिदा स्वीकृत भएको हो ।
उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ । केही महिनाअघि भने औपचारिक भ्रमणमा प्रधानसेनापति भारत गएका थिए ।

 

लोकप्रिय