राप्रपा नेपाल कमल थापाको नभएको भन्दै उच्च अदालत पाटनमा अन्तरिम आदेशको माग गर्दै निवेदन

राप्रपा नेपाल कमल थापाको नभएको भन्दै उच्च अदालत पाटनमा अन्तरिम आदेशको माग गर्दै निवेदन

राप्रपा नेपालका ९९ पदाधिकारीहरु असन्तुष्ट

 

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पदाधिकारीहरुले पार्टीका राष्ट्रिय अध्यक्ष प्रदिप विक्रम राणाले राप्रपा नेपाल कमल थापाको नभएको भन्दै उच्च अदालत पाटनमा अन्तरिम आदेश माग गर्दै निवेदन दिएको जानकारी गराएका छन् ।
हालै राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष राणाले पार्टीका ९५ प्रतिशत केन्द्रीय पदाधिकारीलाई झुक्याएर राप्रपा नेपालका लाक्पा तामाङले कमल थापालाई पार्टी बेचेको आरोप लगाए । साथै, उनले यसबारे छानबिन गर्न निर्वाचन आयोगमा समेत जानकारी गराएको स्पष्ट पारे ।
राप्रपा नेपाल कमल थापाले बनाएको पार्टी नभएको भन्दै थापाले ‘आफ्नै घरमा फर्किएँ’ भन्न नमिल्ने उनको तर्क थियो । यस्तै, राजसंस्था र हिन्दुराष्ट्र सखाप पार्नको लागि थापाले राप्रपा नेपाल कब्जा गर्न लागेको पनि राणाको आरोप छ ।
‘यस कदममा ९५ प्रतिशत केन्द्रीय पदाधिकारीको असहमति रहेको छ । निर्वाचन आयोगले कसरी यस्तो निर्णय गर्यो ? यसको जवाफ निर्वाचन आयोग र लाक्पा तामाङले पनि दिनुपर्छ । न्यायलयले पनि हामीलाई न्याय दिनुपर्छ,’–उनले भने ।
यस्तै,कमल थापा पटक–पटक बिक्री भएको मान्छे भएको आरोप लगाउँदै उनले भने,–‘कहिले म गणतन्त्रवादी भइसकें भन्ने ? कहिले ज्ञानेन्द्रलाई मान्दैन् भन्ने ? अनि अहिले अर्काको घरलाई मेरो घर भन्ने ?, उहाँले एकपछि अर्को गरेर असंवैधानिक र गलत कदम चाल्नुभएको छ ।’

लोकप्रिय