२ सय वटा देशको झण्डालाई सगरमाथा लगायत ७ वटा महादेशको हिमशिखरमा पु¥याउने नर्बिन मगरको घोषणा
काठमाडौ । फिफा विश्वकप ट्रफीको (रिप्लिका) र फिफा सदस्य २११ वटा राष्ट्रहरुको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत सात महादेशका अग्ला शिखरहरूमा पु¥याउने अभियानको शुभारम्भ भएको छ ।
राजधानीमा भएको ट्रफी र झण्डा सगरमाथा आरोही नर्बिन मगरले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत सात महादेशका अग्ला शिखरहरूमा पु¥याउने जानकारी दिएका हुन् ।
सेभेन समिट फर फिफा वल्र्डकप २०२२ नाम दिएर अभियानको थालनी गरिएको अभियानले जानकारी दिएको छ । अभियानले हिमालहरुको आरोहणपछि उक्त ट्रफी, झण्डा साथै आरोहणका क्रममा उपयोग भएका सामाग्रीहरु फिफा वल्र्ड कप २०२२ को आयोजक राष्ट्र कतारलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ ।
सगरमाथा आरोही नर्बिन मगरले फिफा विश्वकप ट्रफीको (रिप्लिका) र २ सय वटा देशको झण्डालाई सगरमाथा लगायत ७ वटा महादेशको हिमशिखरमा पुर्याउने अठोटका साथ आफु अघि बढेको बताए । उनले कोभिड–१९ ले खेलकुद, अर्थतन्त्र र पर्यटनलाई डामाडोल बनाएको अवस्थामा तीन क्षेत्रलाई आफ्नो अभियानले फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
आरोही मगरले आफुले विश्वको सबैभन्दा धेरै मानिसहरुको ध्यान फुटबलमा रहेको पत्ता लगाएर विश्व शान्तिको लागि नेपालको तर्फबाट आफुले प्रतिनिधित्व गर्न लागेको सुनाए । आफुले नेपालमा पर्यटन सम्बन्धि धेरै विषयको कोर्ष पुरा गरेको भन्दै ४ देशका महादेशको हिमाल चढीसकेको उनले बताए ।
‘आगामी दिनमा नेपालको प्रतिनिधित्व्व गर्दै विश्वसामु पुग्दैछु सबैले आफ्नो ठाउँबाट मलाई र हाम्रो अभियानलाई साथ र सहयोग दिनुहोल ।’–उनले भने । हिमाल चढ्न आफुलाई राम्रो जानकारी भएको पनि उनले बताए । उनले एसिया, अफ्रिका महादेश, युरोप, अन्र्टाकटिका,उत्तर अमेरिका, दक्षिण अमेरिका र अष्ट्रेलियाको उच्च शिखरमा पुग्ने बताए । अभियान समितिका संयोजक श्याम राना मगरले प्रेश विज्ञप्ती पढेर सुनाएका थिए ।
नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले नबिन मगरले सुरु गरेको अभियान र लिएको लक्ष्यलाई सफलताको शुभकामना दिए । फिफा वल्डकपको ट्रफी सबैको गर्वको कुरा भएको भन्दै उनले कतारमा हुने २०२२ मा बल्डकपमा पुगेर झण्डालगायत सबै सामाग्रही हस्तान्तरण गर्ने पनि बताए ।
श्रेष्ठले आगामी दिनमा अभियानको लागि आफु र आफ्नो संगठन पनि अभियानलाई सहयोग गर्न तयार रहेको प्रतिवद्धतासमेत व्यक्त गरे । फिफामा सबै देशका झण्डा बोकेर विश्वको सर्वोच्च शिखरमा चढ्ने चानचुने कुरा नभएको उनले धारणा राखे ।
कार्यक्रममा बोल्दै थुलङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले सगरमाथा सोलुखुम्बुको मात्र नभएर नेपालकै गर्वको कुरा भएको बताए । नेपालको सर्वोच्च सगरमाथा संसारकै बहुमुल्य सम्पत्ति भएको उनको भनाई थियो ।
त्यस्तै, सांसद होमकुमार राईले खेल क्षेत्र र पर्यटनलाई प्रवद्धन गर्ने यो अभियानलाई सबैले सहयोग गर्न पर्ने बताए । उनले भने,‘नर्बिन मगरले गरेको उत्साह, साहसको साथ सुरु गरेको अभियानले देशकै प्रतिनिधित्व गर्नेछ ।’ संसारको सबै भन्दा धेरै मानिसहरुले फुटबल खेललाई रुचाउने भन्दै नेपालको पर्यटनको उत्थानको लागि अभियानको सुरुवात भएको राईले जिकिर गरे ।
सांसद राईले मगरको अत्यन्तै ठ्लो महत्वपुर्ण र महत्वकांक्षी अभियान भएको भन्दै संसारलाई संसार भर चिनाउने, खेल क्षेत्र र पर्यटन क्षेत्रलाई प्रर्बद्धन गर्नेमा विस्वस्त भएको सुनाए । उनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई राष्ट्रघाती भन्दै आफुहरुले असफल बनाउने पनि जिकिर गरे ।
प्रतिकृया दिनुहोस्