आगलागीमा परेका ११ घर परिवारलाई माछापुच्छ्रे बैंकको सहयोग
काठमाडौ । माछापुच्छ्रे बैंक लिको माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व गहन रुपले निर्वाह गर्दै आएको छ ।
आफ्नो उत्तरदायित्व पूरा गर्ने क्रममा गत फागुन २८ गते सप्तरी जिल्ला अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नं.४ टेगंरीमा भएको आगलागीबाट सबै जलेर नष्ट भएको ११ घर परिवारलाई खाद्मान्न तथा भाडाँकुडा सहयोग गरेको छ ।
उक्त राहत वितरण कार्यक्रममा कृष्णासवरन गा.पा.वडा नं.४ का अध्यक्ष तेज नारायण यादव र बैंकको प्रदेश नं. २ को प्रदेश उप प्रमुख बिनेश ठाकुरको पनि उपस्थितिमा रहेको थियो ।
माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो ।
त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको बैंकले जनाएको छ ।


प्रतिकृया दिनुहोस्