प्रचण्ड–माधबलाई सूर्य चिन्हबाट चुनाव लड्न आह्वान

प्रचण्ड–माधबलाई सूर्य चिन्हबाट चुनाव लड्न आह्वान

 

बर्दिबास । नेकपा (एमाले) का एक केन्द्रीयस्तरका नेताले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल र नेकपा (समाजवादी) का अध्यक्ष माधब कुमार नेपाललाई एमालेको चुनाव चिन्ह सूर्य छापबाट चुनाव लड्न आह्वान गरेका छन् ।
महोत्तरीको बलवा नगरपालिकास्थित पडौर बजारमा आयोजित पार्टी प्रबेश सभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले त्यस्तो आह्वान गरेका हुन ।
चुनावी गठबन्धनको नाममा जनतामा भ्रम नछर्न आग्रह गर्दै एमाले महोत्तरी जिल्ला अध्यक्ष समेत रहेका नेता बलम्पाकीले भने –‘तपाईँहरूलाई चुनाव हार्ने ठुलो डर रहेछ । गठबन्धनको नाममा जनतामा किन भ्रम फैल्याउनुहुन्छ ? प्रचण्ड र माधब नेपाललाई म आगूह गर्न चहान्छु , आउनुहोस् सूर्य छापबाट चुनाव लड्नुस् तपाईँहरूलाई जिताउने जिम्मा एमालेको भयो ।
बलम्पाकी माओवादी पृष्ठभुमी भएका एमाले नेता हुन् ।
एक अर्को प्रसंगमा नेता बलम्पाकीले एमाले मधेशप्रेमी पार्टी भएको जिकिर समेत गरे ।

लोकप्रिय