बालुटारमा प्रधानमन्त्री देउवा र विश्व स्वास्थ्य संगठनका महानिर्देशकविच भेटवार्ता

बालुटारमा प्रधानमन्त्री देउवा र विश्व स्वास्थ्य संगठनका महानिर्देशकविच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जानकारी गराए । साथै कोभिड नियन्त्रण लगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि पनि प्रधानमन्त्रीले धन्यवाद व्यक्त गरे ।

उनले नेपाली स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि, स्वास्थ्यको क्षेत्रमा बहुपक्षिय साझेदारी लगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा व्‍यक्त गरेका छन् ।यस्तै महामनिर्देशक डा. टेड्रोसले नेपालले कोरोना विरुद्धको खोप अभियान प्रभावकारी रुपमा व्यवस्थापन गरेको र प्राय सबै जसोलाई खोप लगाई सकेकोमा प्रधानमन्त्रीको प्रशंसा गर्नु भएको थियो ।

कोभिड नियन्त्रण तथा रोकथाममा पनि नेपाल सरकारको रणनीति प्रभावकारी भएको उनको भनाइ थियो । डा. टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइड विरुद्ध बालवालिकाहरुलाई खोप सुरु गरेकोमा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे ।

 

लोकप्रिय