सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक सााधारण सभा सम्पन्न
काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक सााधारण सभा शुक्रबार, हायात प्लेस, ताहाचल, काठमाडौमा सम्पन्न भएको छ ।
संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आ.व २०७६÷०७७ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७६÷०७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन पारित गरिएको थियो ।
उक्त साधारण सभाबाट संचालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरु क्रमश ः अनुज क्याल, सशांक अग्रवाल, किरण के.सी. र नारायण रुगटा निर्विरोध निर्वाचित हुनुभएको छ । आर्थिक बर्ष २०७७÷७८ को लागि लेखापरीक्षक श्री सुशिल एण्ड एसोसियट्स चाटर्ड एकाउन्टेन्टस् सुशिल घिमिरे(एफ.सि.ए.) लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साथै अतिरिक्त कम्पनीको पूँजी बृद्धि गर्ने लगायत प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको कम्पनीले जनाएको छ ।
उक्त साधारण सभामा संचालक नीतु क्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालक सदस्य किरण के.सीबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


प्रतिकृया दिनुहोस्