शासक होइन, सेवक बन्ने राजबहाकको बचनवद्धता
नजिकिँदै गरेको स्थानीय निर्वाचनमा मध्यपुर नगरपालिकामा चुनावी गतिविधि ह्वात्तै बढेको छ । यसैबीच भक्तपुरको मध्यपुर थिमी नरपालिकामा नेपाली कांग्रेस र माओवादी तालमेल गरेर चुनावमा होमिएको छ ।
२०७४ को स्थानीय निर्वाचनमा नगर कमिटीमा उपमेयरसहित दुई तिहाईको बहुमत प्राप्त गरेको भएपनि मेयरमा पराजित नेपाली कांग्रेस यसपाला माओवादीलाई उपमेयर र ९ वडामा ४ महिला र ५ पुरुष सदस्य दिएर चुनावमा मैदानमा छिरेको छ ।
आफ्नो प्रतिवद्धतपत्र सहित चुनावमा वडा नं. ९ का जुझारु एवं पाका कांग्रेसी नेता सानुकाजी राजबाहक वडाअध्यक्ष र रन्जय कार्की उमेश खाजु, तुइलमाया चक्रधर महिला सदस्य एवं माओवादीबाट मैयाँ भुषालको टिम बनाएर प्रतिस्पर्धा गर्दैछन् ।
उता एमालेको वडाअध्यक्ष दिपेन्द्र थापा, नेमकिपाको केदार खड्का एवं राप्रपा समेतले उम्मेदवारी दिएका छन् । गत २०७४ मा २७ सय मत भएको यस वडामा हाल ३५५३ मतदाता रहेका छन् ।

विश्लेषकहरुको अनुमानमा २५०० मत खस्ने र त्यसको अघिल्लो पटक कांग्रेसले विजयी हाँसिल गर्दै गर्दा ७२१ मत पाएको थियो । यसपाला झन् कांग्रेसलाई जित हाँसिल गर्न सजिलो भएको वडा अध्यक्ष सानुकाजी राजबहाक दाबी गर्दछन् ।
टिकट वितरण गर्दा पुराना र जुझारु नेताले पाएकोमा त्यस क्षेत्रका मतदाताहरु चारतारे र रुखकै पक्षमा नै प्रतिवद्धताका साथ लागिरहेका छन् । यसर्थ पनि वडाअध्यक्षका उम्मेदवार सानुकाजी विजयी हाँसिल गर्नेमा ढुक्क छन् ।
निर्वाचन जितेपछि आफूँ शासक होइन सेवक भएर काम गर्ने वचनवद्धता उनले वडाबासी सामू व्यक्त गरेका छन् । ०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नससमा निर्वाचित भएका थिए । त्यतिबेला उनी जम्मा २२ वर्षका मात्र थिए ।
आफ्नो जीवनकालको लामो समय समाजसेवा विताएका राजबाहक नेपाली कांग्रेसको खारिएका नेता मानिन्छन् ।


प्रतिकृया दिनुहोस्