इजरायल पठाईदिने भन्दै यौनप्रस्ताव राख्नेदेखि रकम असुलीसम्म : विभागलाई छ कि छैन जानकारी ?

इजरायल पठाईदिने भन्दै यौनप्रस्ताव राख्नेदेखि रकम असुलीसम्म : विभागलाई छ कि छैन जानकारी ?

काठमाडौं-इजरायलले लामो समयपछि नेपाली कामदार लैजादैछ । जीटुजी प्रक्रियामार्फत पहिलो चरणमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार जना नेपाली कामदार इजरायल पठाउने तयारी भईरहेको छ । यसका लागि बैदेशिक रोजगार विभागले अनलाइन मार्फत आवेदन संकलन गरिरहेको छ ।

यही मौकामा चौका हान्नेहरु सल्बलाउन थालेका छन् । इजरायल जान चाहनेहरुलाई विभिन्न प्रलोभन देखाएर लाभ लिन खोज्नेहरु तीव्र चलखेलमा लागेका छन् । भन्ने बेलामा विचौलियाको अन्त्य भयो भन्ने तर विना विचौलिया केही हुँदैन ।

सरकारले इजरायलको लागि अनलाइन फर्म खुलाएपछि विचौलियाहरु सल्बलाएका छन् । फर्म भर्ने बेलामा सर्भर डाउन हुँदा सेवाग्राही आफैँले फर्म भर्न सक्दैनन् जसले गर्दा उनीहरु विचौलियाको फन्दामा स्वतः पर्ने नै भए । अनि हुन्छ चलखेल । पहिलो फेजमा विचौलियाहरुले फर्म भर्न र तयारी कक्षाका लागि भनेर चरम असुली गरिरहेका छन् ।

त्यसैगरी आवेदकलाई परीक्षा पास गराइदिने आश्वासन दिएर रकम संकलन गर्नेहरुको पनि कमी छैन । विभागको महानिर्देशक देखि अन्य अधिकारीहरुको हलवा दिँदै केही विचौलियाहरुले आवेदकहरुलाई इजरायल पठाईदिने आश्वस्त पार्दै रकम असुली गरिरहेको गुनासोहरु समेत आउन थालेको छ ।

अर्को रोचक कुरा त के छ भने इजरायल जानका लागि अनलाइन फर्म भरेका एक युवतीलाई परीक्षा अगावै प्रश्न पत्र उपलब्ध गराउने आश्वासन दिँदै त्यसवापत् यौन सम्बन्धको प्रस्ताव राखेको ती युवतीले हाम्रो सम्वाददातालाई गुनासो गरे ।

लोकप्रिय