प्रतिभाशाली महिला नेतृ रिना महर्जन श्रेष्ठलाई नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ द्वारा बधाई
भक्तपुर । नेपाली कांग्रेस क्षत्र नं २ भक्तपुरले आफ्नो कार्य समितिको एक प्रतिभाशाली महिला नेतृ रिना महर्जन श्रेष्ठले भारतको तामिल नाडु प्रदेशको रुचापलीमा गत ३० जेष्ठमा आयोजित Asia out standing woman Award 2021-2022 पुरस्कृत भएको उपलक्षमा स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
३५ देशका २०० सहभागिता रहेको कार्यक्रममा रिनाले नेपालको झण्डा उँचो गरि फहराईन । बालकुमारी महिला समाजको अध्यक्ष समेत रहेकी रिना समाज सेवामा समर्पित एवं नेपाली काँग्रेशकी जुझाारु नेतृ हुन ।
भक्तपुर जिल्ला समन्वय समितिमा निर्वाचित काँग्रेश नेतृ बिनु केसी र अन्तराष्ट्रिय पुरस्का पाएको खुसियालीमा नेपाली काँग्रेश क्षत्र नं २ भक्तपुरले एक कार्यक्रम गरि खुसि मनायो ।

क्षत्रमा आयोजित कार्यक्रम क्षत्रीय सभापति भेष बहादुर कार्कीको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा उपसभापति प्रदिप कार्कीले स्वागत गर्दै रिनाको सफलताको उच्च मुल्याँकन गर्नु पर्ने भन्दै भक्तपुर जिल्ला समन्वय समितिमा सदश्य निर्वाचित मिनु केसीलाई पनि बधाई दिनु भयो ।
कार्यक्रममा बधाई दिंदै भेष बहादुर कार्कीले ुआफ्नो कार्यसमितिको संघर्शशील महिला नेतृले अन्तराष्ट्रिय पुरस्का लिँदा आफ्नो छाति गर्बले फुलेकोु बताउनु भयो । साथै समन्वय समिति र नगरमा बिजित आफ्ना साथिहरुलाई अघिललो कार्यकालका प्रतिनिधिहरुल काँग्रेशको शाख जोगाउन राम्रो एवं उदाहररणिय काम गरेको कारण अघिल्लो पल्ट जितेका नौ मध्य आठ वडा पुन कांग्रेस जित्न सफल भएको र थप तीन वडा समेत काँग्रेशको भागमा पार्न सफल भएको भन्दै अघिल्लो कार्यकालमा काँग्रेशको तर्फबाट प्रतिनिधित्व गर्ने साथिहरुले गरेको कामको उच्च मुल्याँकन गर्दै, निवर्तमान साथिहरुलाई सम्मान ब्यक्त गर्नु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिको सदश्य बिनु केसीले पनि पार्टीको शीर ठाडो पार्ने गरि कामगर्ने प्रतिबद्वता ब्यक्त गर्नुभयो । अर्की अन्तराष्ट्रिय पुरस्कारले सम्मानित रिना महर्जन श्रेष्ठले पनि सबैको भावनालाई समेटेर बढ्ने बताउनु भयो ।
धन्यवाद ज्ञापन क्षत्र नं दुईका अर्का उपसभापति ॐ प्रकाश श्रेष्ठले गर्नु भयो भने कार्यक्रम संचालन सचिब इश्वर खड्काले गर्नु भएको थियो ।


प्रतिकृया दिनुहोस्