कोभिड उपचार गर्ने नाममा बिमा कम्पनीले जनता ठग्यो

कोभिड उपचार गर्ने नाममा बिमा कम्पनीले जनता ठग्यो

काठमाडौँ ।
कोरोनाको संक्रमण बढ्दै गएपछि सरकार र इन्सोरेन्स कम्पनी मिलेर सर्वसाधारणको कोरोना बिमा गर्ने अवधारणा अगाडि सा¥यो । तर सरकारले पुरा रकम भुक्तानी नगरेको भनेर बिमक संघले बिमा स्थगित गरेको थियो । हरेक जिल्लाबाट लाखौंको संख्याले कोरोना बिमा गराएका छन् । बिमा कम्पनीले १ जनाको बिमा गराए बापत ६ सय रुपियाँ उठाएको छ । बिमा गरेको बापत बिमा कम्पनीले नेपाली जनतासंग अरबौं रुपिया असुलिसकेको छ । तर अहिले कोरोना लागेको बिरामीले आफ्नै खर्चमा उपचार गराउनु परेको छ । कोरोना लागेको बिरामीले बिमा गराएको इन्सोरेन्स कम्पनीबाट कुनै पनि क्षतिपुर्ति पाएको छैन् ।
कोरोनाको बिमा गराइसकेपछि त कोरोनाको सम्पुर्ण उपचार त इन्सोरेन्स कम्पनीले गर्नुपर्ने होइन् । हिजो कोरोना लागेको बिरामीको सम्पुर्ण उपचार खर्च हामी व्यहोछौ । कोरोना लगेर कोही मान्छेको ज्यान गयो भने हामी क्षतिपुर्ति दिन्छौ । तर अहिले कोरोनाको बिरामी उपचारको आवश्यकता परेको बेलामा इन्सोरेन्स कम्पनीहरु पछि सरेको छ । बिमा कम्पनीहरुले सवसाधारणले बिमा तिरेको रकम पनि फिर्ता गरेको छैनन् ।

उपचार गर्दा त आफ्नै रकम खर्च भयो । तर कोभिडको कारण मान्छे मृत्यु भयो । त्यो मरेको मान्छेको आफन्तले पनि क्षतिपुर्ति पाउन सकेको छैन् । एउटा कोरोना संक्रमित बिरामीको उपचार गर्दा लाखौं रुपिया खर्च हुन्छ । कुनै पनि निजी र सरकारी अस्पतालहरुको कोभिड उपचारमा छुटको व्यवस्था गरेको छैन् । अर्थ मन्त्रालय र बिमक संघको मिलोमतोमा बिमाको पैसा इन्सोरेन्स कम्पनीले पहिले उठाइसकेको छ । तर सरकार र इन्सोरेन्स कम्पनीले नै जनतालाई झुठो आश्वासन् दिएर ठगेको छन् । जब कोभिडको संक्रमित बढे त्यतिखेर नै सरकारबाट भुक्तानी नपाएको भनेर इन्सोरेन्स कम्पनीले बिमा कार्यक्रम स्थगित गरेको छ । सिधासाधी जनताहरुलाई प्रलोभनमा पारेर तपाईहरुको कोभिडको सम्पुर्ण उपचार हाम्रो भयो भनेर ठगेको छन् । यत्तिखेर जब हामीहरुलाई उपचारको आवश्यकता परेको बिमक संघले बिमा कार्यक्रम स्थगित भनेर घोषणा गरिदिएको छ । बिमा गर्ने नाममा इन्सोरेन्स कम्पनीले जनता ठगेको छन् । अहिले कत्ति कोरोना संक्रमितहरु बिमा कम्पनीले उपचार गराइदेला भन्ने आशमा बसेको छन् । आर्थिक स्थिति कमजोर भएकोहरु हामीसंग चल –अचल सम्पत्ति नभएपनि बिमा गराएको कार्ड छ । यही कार्डको आधारमा हाम्रो उपचार हुन्छ भन्ने पनि धेरै छन् ।

गरिब, तल्लो आर्थिक स्तर भएको सर्वसाधारणहरुले इन्सोरेन्स कम्पनीको आश्वासनमा आएर बिमा त गरे तर उपचार पाएनन् ।ज्यालामजदुरी गरेर कमाएको पैसा बिमा कम्पनीले खाइदियो भन्ने धेरैको जनगुनासो आइरहेको छ । बिमा कम्पनीको पोलेसी भनेकै कुनै पनि कार्यक्रम ल्याउने । सिधासाधी जनतालाई आश्वासन देखाउने अनि जनता ठग्ने । घरमा कत्ति जना सदस्य छन् ती सबैको बिमा गर्न लगाउने । अनि उपचार गर्ने बेला आइसकेपछि चाहि केही न केही बहाना बनाएर जनता ठग्ने । बिमा कम्पनीले कोरोनाको उपचार गराउने त भन्यो तर कुन अस्पतालमा उपचार गर्ने भनि तोकेको छैन । स्वास्थ्यको नाममा पनि ठगी भईरहेको छ ।

हाल कोही मान्छे बिरामी भएर अस्पताल गयो । उसले बिमा गराएको छ । त्यही पनि उसको आफन्तले नै सम्पुर्ण बिमा खर्च उठाउन परेको छ । यदि ऊ संग सम्पत्तिको नाममा केही छैन भने उसले अस्पतालमै आफ्नो प्राण त्याग्नुपर्ने हुन्छ ।
यसरी जनतालाई झुठो आश्वासन देखाएर ठग्ने इन्सोरेन्स कम्पनीहरुलाई कानुनको दायरामा ल्याउनु सरकारको दायित्व होइन् । इन्सोरेन्स कम्पनीहरुले ७७ वटै जिल्लाको जनताहरुबाट बिमा गराएको बापत अर्बौं रुपियाँ उठाएको छ । तर त्यो अरबौं रुपियाँमा मोजमस्ती गर्नेमा चाहि इन्सोरेन्स कम्पनी परेको छन् ।

आजभन्दा केही वर्षअगाडि इन्सोरेन्स कम्पनीले स्वास्थ्य बिमा सञ्चालन गरेको थियो । प्रत्येक घर बाट स्वास्थ्य बिमाको लागि ३५०० रुपिया उठाएको थियो । ३५०० रुपिया तिरीसकेपछि ५ जनाको उपचार गर्न पाइने भनेर बिमा कम्पनीले आश्वासन् दिएको थियो ।
३५०० रुपिया तिरिसकेपछि ५जनाको परिवारले १ वर्षको लागि निःशुल्क उपचार पाउने भनेर बिमा कम्पनीले जनाएको थियो । तर यो पनि आश्वासन्मै सिमित हुन पुग्यो । बिमाको नाममा जनताले तिरेको पैसामा इन्सोरेन्स कम्पनीहरु मोटाई रहेको छन् ।

सर्वसाधारणहरुले बिमा गर्ने नाममा तिरेको रकम त्यसै खेर गयो । स्वास्थ्य बिमा गरेको मान्छेहरुलाई निःशल्क उपचार र औषधीको व्यबस्था इन्सोरेन्स कम्पनीले गर्नुपर्ने हुन्छ । डाक्टरले जाँच गरेर औषधी लेखिदिने अनि बिरामी औषधी लिन जादाँ औषधी छैन सकिसक्यो भनेर फिर्ता पठाइदिने । एउटा औषधी खान नपाएर मर्छ भने अर्को जनतालाई ठगेर मोटाउछ । इन्सोरेन्स कम्पनीले स्वास्थ्यको नाममा पनि जनता ठगिरहेको छ । जनताको बाँच्ने अधिकार नेपालको संविधानमा उल्लेख गरिएको छ । यसरी सिधासाधी जनतालाई झुठो प्रलोभन देखाएर जनताको बाँच्न पाउने हकमा ताला लाउने हक यी इन्सोरेन्स कम्पनीले पाएको छैनन् । उपचार गर्ने नाममा जनता ठग्दा पनि बिमा कम्पनीको अनुगम अर्थ मन्त्रालयले गरेको छैनन् । आर्थिक कमजोर भएकोहरु कोरोना लागेपनि अस्पताल नगईकन घरमै मृत्युसंग जुधेर बसिरहेको छन् । इन्सोरेन्स कम्पनीको सञ्चालकहरुलाई राजनितिक दलहरुले ढाकछोप गरेको हुनाले पनि इन्सोरेन्स कम्पनीहरुमा जे गरे पनि हुने मनाशय बढेको देखिन्छ । बिमक संघ र इन्सोरेन्स कम्पनीहरु राजनितिक पार्टीलाई चन्दा दिने । राजनितिक दलको झोला बोक्ने हुनाले पनि यिनीहरु दलालहरुको विरुद्धमा कसैले पनि आवाज उठाएको छैनन् । बिमा कम्पनीले आफुखुसी रकम उठाएर बिमा गर्ने गरेको छ । बिमा गरेको व्यक्तिहरुले कुन अस्पतालबाट सेवा सुविधा पाँउछन् भनेर बिमा कम्पनीले तोकेको छैन् ।

यसरी उपचारको नाममा आश्वासन देखाएर जनता ठग्दा पनि सरकार किन कानमा तेल हालेर बसेको छ । बोल्न नसक्ने, अशिक्षित र गरिब जनताहरुलाई सरकारले पनि आश्वासन दिन छाडेन् । भने यता निजी कम्पनीहरुले त उपचारको नाममा पनि जनता ठगिरहेको छन् । न सरकारसंग जनता ठग्ने संघसंस्थाको विरुद्ध अनुगमन गर्न सक्ने आँट छ । जनताहरु त आवाज भएर पनि आवाज विहिन भएर बस्नुपर्ने बाध्यता आएको छ । इन्सोरेन्स कम्पनीले जनताको आँखामा धूलो हालेर ठग्यो । तर सरकारले यस्ता इन्सोरेन्स कम्पनीहरुको विरुद्ध कुनै पनि ठोस कदम चाल्न सकेको छैन ।

 

लोकप्रिय