कञ्चनपुरको दोदा नदी पुल सम्झौता भएको नौ वर्षपछि निर्माण

कञ्चनपुरको दोदा नदी पुल सम्झौता भएको नौ वर्षपछि निर्माण

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता भएको नौ वर्षपछि निर्माण सुरु भएको छ ।

पुल निर्माणका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निमार्णको काम २०७५ पुससम्म सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षपछि पुल निर्माण हुन लागेको छ ।

डिभिजन सडक कार्यालयका सबइन्जिनियर भोजराज रानाका अनुसार पुल निमार्णको सम्झौताअनुरूप त्यतिबेला काम सुरु भएर तीन पिलरसम्म निर्माण भएका थिए । तर पुलको फाउन्डेसनमा समस्या देखिएपछि पुल निर्माण हुन नौ वर्ष लाग्यो ।

पिलरको फाउन्डेसनमै समस्या देखिएपछि लागत नबढ्ने गरी डिजाइन परिवर्तन गरेर अर्को स्थानमा पुल निर्माण गर्नुपरेको उनको भनाइ छ ।

 

लोकप्रिय