रास्वपाको सह–महामन्त्री पदबाट श्रेष्ठको राजीनामा
काठमाडौं । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्री पदबाट राजीनामा दिएकी छन् ।
उनले एक व्यक्ति एक पदको जिम्मेवारीलाई व्यवहारमा उतार्न चाहेको उल्लेख गर्दै पार्टीबाट राजीनामा दिएकी हुन् । श्रेष्ठ सांसदले सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेकोले पार्टी पुनर्संरचना गर्न चाहानालाई सहयोग पुर्याउन गर्ने जिम्मा अरूलाई दिन चाहेको बताउँदै उनले राजकीय तथा व्यवस्थापकीय जिम्मेवारीको पाटो एक किसिमको, अनि पार्टीको अभियानकारी जिम्मेवारी दोस्रो किसिमको भएको भन्दै यसमा अब भिन्नता ल्याउन सिक्नुपर्ने उल्लेख समेत गरेकी छिन् ।
यसअघि रवि लामिछाने १७ चैतमा पार्टी सभापतिमा पुनःबहाली हुने निर्णय भएकै दिन श्रेष्ठले राजीनामा दिने प्रस्ताव लगेकी थिइन् । लामिछानेले पार्टीको मान्यता एक व्यक्ति एक पद नै भए पनि अहिले यसलाई केही समय थाती राख्दा समर्थकमा बलियो सन्देश जानसक्ने भएकाले पुनर्विचार गर्न सुझाव दिएका थिए । त्यसपछि उनी रोकिएकी थिइन् । अहिले लामिछाने कारागारमा रहेको बेला उनको राजीनामा दिएकी छिन् ।


प्रतिकृया दिनुहोस्