मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठनमा कुशवाहा र यादवले लिए शपथ

मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठनमा कुशवाहा र यादवले लिए शपथ

काठमाडौं । मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ।

पुनर्गठित मन्त्रिषरिषदमा जनमत पार्टीका तर्फबाट वसन्तकुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीका रूपमा बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बिहीबार साँझ आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीद्वयले शपथ लिएका छन्। कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्। मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा मधेस सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको हो। नेपालको संविधानको धारा १६८ (९) बमोजिम गठित यो नयाँ मन्त्रिमण्डलमा अब १२ सदस्यीय मन्त्री रहेका छन्।
कुशवाहाले यसअघि पनि प्रदेश सरकारमा कृषिमन्त्रीका रूपमा कार्यानुभव हासिल गरिसकेका छन् भने यादव पहिले राज्यमन्त्रीको भूमिकामा रहेर सरकार सञ्चालनमा संलग्न थिए।

जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवका अनुसार यो पुनर्गठन नियमित कार्यप्रणालीअन्तर्गत भएको हो। यसअघि पनि दुबै मन्त्रालय जनमत पार्टीबाटै रहेको थियो। पार्टीले उद्योग तथा पर्यटनमन्त्री सकिलमियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाएको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।

लोकप्रिय