लालबन्दीको विद्यालयमा कुलपति राई

लालबन्दीको विद्यालयमा कुलपति राई

 

लालबन्दी । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कम्युनिटी वेयलफियर स्कुल, लालबन्दी, सर्लाहीले ‘विद्यालयमा कुलपति’ कार्यक्रमको आयोजना सम्पन्न गरेको छ। विद्यालयसँग प्राज्ञिक कर्म र प्रज्ञा–प्रतिष्ठानलाई जोड्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कुलपति राईले कुनै पनि मुलुक वा समाजको भाषा, साहित्य, संस्कृति र कला सफ्टपावर हो । जसरी कम्प्युटर सञ्चालन गर्नका लागि सफ्टवयर महत्त्वपूर्ण हुन्छ, त्यसैगरी देश सञ्चालनका लागि साहित्य र कलाको आवश्यकता पर्ने सन्देश दिएका छन् ।
उक्त कार्यक्रमका विशिष्ट अतिथि प्रज्ञा–प्रतिष्ठानका प्रज्ञासभा सदस्य चेतनाथ धमलाले प्रज्ञा–प्रतिष्ठानलाई विभिन्न शैक्षिक संस्था र गाउँगाउँमा पु¥र्याउने उद्देश्यले ‘विद्यालयमा कुलपति कार्यक्रम’ सञ्चालन गरेर ज्ञानको थलोको रूपमा रहेको प्रतिष्ठानलाई चिनाउने उद्देश्यले यस्ता कार्यक्रम भइरहेको बताए ।
कुलपति राईले त्यसपछि उक्त विद्यालयका विद्यार्थीसँग केही समय नेपालको कला, संस्कृतिका विषयमा अन्तर्क्रिया समेत गरेका थिए । स्वागत मन्तव्य भाइस प्रिन्सिपल जगदीश कँडेलले तथा उद्घोषण विद्यालयकी शिक्षिका कोमल अधिकारीले गरेकी थिइन् ।

लोकप्रिय