अमेरिकामा १४ वर्षीय बालकले चलाए गोली, ४ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा भएको गोली प्रहारमा चार जनाको मृत्यु भएको छ । विन्डरस्थित अपलाची हाईस्कुलमाबुधबार भएको घटनामा दुई विद्यार्थी र दुई शिक्षकले ज्यान गुमाएका हुन् ।
आक्रमणमा ९ जना घाइते भएको सञ्चारमाध्यमले जनाएका छन् । गोली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी अधिकारीलेनियन्त्रणमा लिएका छन् । ती बालकलाई मुद्दा चलाउने तयारी गरिएको छ । उनले गोली हान्नुको कारण खुलेको छैन ।


प्रतिकृया दिनुहोस्