ललितपुरलाई हराउँदै कर्णालीले जित्यो एभरेष्ट महिला भलिबल लिगको उपाधि
काठमाडौं । कर्णाली यश्वीजले फ्रेन्चाइज भलिबल लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिए) को पहिलो सिजनको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिबार भएको अत्यन्त रोमाञ्चक फाइनलमा ललितपुर क्विन्सलाई कर्णालीले ३-२ ले हराउँदै उपाधि जितेको हो ।
अपराजित रहँदै फाइनलमा पुगेको कर्णालीले उपाधि जित्ने संभावना तुलनात्मक रूपमा बढी थियो । लिग चरणमा पनि ललितपुरलाई कर्णालीले हराएको थियो । अनुमान गरे जस्तै ललितपुरले उत्कृष्ट सुरूवात गर्यो । पहिलो सेटमा सुरूवात देखि नै अग्रता बनायो । १५-८ को अग्रता बनाएसँगै पहिलो सेटमा कर्णालीले अग्रता कुनैपनी समय गुमाउन परेन । सहजै २५-१७ ले पहिलो सेट जित्यो ।
दोस्रो सेटमा पनि ललितपुर विरूद्ध कर्णालीले दबाब बनायो । एक समय ९-१५ ले पछि परेको ललितपुरले खेललाई १८-२० सम्म पुर्यायो । तर यो सेट पनि २५-२० ले कर्णालीले जित्यो । खेलमा कर्णालीले २-० को स्पष्ट अग्रता बनायो ।
तर लिलितपुरले उत्कृष्ठ खेल्दै पछिल्ला २ सेट जित्दै खेल बराबरमा ल्याएको थियो । पाँचौ सेट निकै प्रतिस्पर्धात्मक बन्यो । ५-५ को बराबरीबाट ललितपुर ११-९ को अग्रता बनायो । तर यो अग्रता तोडियो खेल ११ ११ मा पुग्यो । यसपछि कर्णालीले १३-१२ को अग्रता बनायो ।
लगतै कर्णालीले अर्को अंक जोड्दै १४-१२ को स्कोरमा जित नजिक पुग्यो । तर ललितपुरले च्याम्पियनसिप प्वाइन्ट दिएन र एक अंक जोड्दै खेललाई १४-१३ मा पुर्यायो । यसपछि भने कर्णालीले च्याम्पियनसिप प्वाइन्ट हात पार्यो र १५-१३ ले पाँचौ सेट जित्दै उपाधि जितेको हो ।


प्रतिकृया दिनुहोस्