नयाँ दिल्ली प्रदुषणको उच्च मारमा
काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली वायु प्रदुषणको उच्च मारमा परेको छ । पछिल्लो एक हप्तायता दिल्लीको वायु प्रदुषण अत्यधिक रुपमाबढ्दै गएको हो ।
अधिकारीहरुका अनुसार प्रदुषणको स्तर गम्भीर चरणमा पुगेको छ । दिल्लीका अधिकांश क्षेत्रको प्रदुषण दर ४ सय५० एक्युआई पुगेको छ । जबकी हावामा १ सय एक्युआईभन्दा माथि प्रदुषण देखिए स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।
दिल्लीमा लगातार ४ सय एक्युआईभन्दा माथि प्रदुषण मापन भएपछि विद्यालय सञ्चालनमा समस्या भएको छ । प्रदुषण बढेपछिदिल्लीकी मुख्यमन्त्री आतिशी सिंहले प्राथमिक तहका विद्यालयहरुको पढाई अनलाइनबाट गराउन निर्देशन दिए ।
आजैदेखि प्राथमिक तहका विद्यालयले अनलाइन कक्षा सुरु गर्नेछन् । चिसो याम सुरु भएलगत्तै दिल्लीमा प्रदुषण उच्च रुपमा वृद्धि हुनेगरेको छ । प्रदुषणका कारण दिल्लीमा मात्रै वर्षेनी हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन् ।
प्रदुषणबाट सिर्जित स्वासप्रश्वास सम्बन्धी समस्याले अस्पतालहरुमा बिरामीको संख्या बढेको अधिकारीहरुले जनाएका छन् ।


प्रतिकृया दिनुहोस्