२०७२ संविधान संशोधन गरि ब्रिटिश गोर्खाहरुलाई नेपाली नागरिकता दिन माग

२०७२ संविधान संशोधन गरि ब्रिटिश गोर्खाहरुलाई नेपाली नागरिकता दिन माग

काठमाडौं असोज १९, ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । सोमबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन गरि नागरिकतालाई निरन्तरता दिनसमेत आग्रह गरे ।

ब्रिटिश गोर्खा तथा तिनका सन्तानहरूको नेपाली वंशजको नागरिकता निरन्तरता अभियान९सीएनसी बिजी–यूके० उपाध्यक्ष दलबहादुर बुढाथोकीले नेपालको संविधानले नै हाफूहरुको नागरिकता पाउने अधिकार छिनेको आरोप लगाए । “नागरिकता ऐन २०६३ को दफा १० को १ मार्फत ‘यदि कुनै नेपाली नागरिकले कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेमा उसको नेपाली नागरिकता नहने’ भन्ने व्यवस्थाले हाम्रो अधिकार गुमेको छ” बुढाथोकीले भने । आफूहरुको अधिकारका लागि २०७२ को संविधान संशोधन गरि अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरे ।

भूतपूर्व सैनिक कल्याणकारी समिति, नेपालका अध्यक्ष हुमबहादु थापाले कानुनी तबरबाटै नागरिकता बञ्चित गरिएकोले त्यसैमार्फत नै अधिकार सुनिश्चित गर्न माग गरे । थापाले सरकारले आफूहरुलाई वंशजको नागरिकता निरन्तरतको एक शूत्रीय मागलाई संबोधन नगरे दसैं–तिहारपछि संसदमा विषय उठाउन पहल तथा सडक आन्दोलनसमेत गर्ने चेतावनी दिए ।

प्रा।डा।सुरेन्द्र केसीले नेपाल, बेलायत र भारतबीच त्रिपक्षीय सन्धीमार्फत भर्ति भएका ब्रिटिश गोर्खाहरुलाई अभिछिन्नरुपले नेपाली वंशजको नागरिकता हुनुपर्नेमा जोड दिए । राज्यस्तरबाटै सहमति भएर भर्तिमा गएका ब्रिटिश आर्मीहरुप्रति राज्यको पूर्वाग्रहिता गलत छ, कानुनी हिसाबबाटै नागरिकता च्युत गरिनु मानव अधिकार विपरित पनि भएको डा।केसीको कथन छ । केसीले राज्यले सहजै नमान्ने भएले संघर्षको लागि तयरी गर्न सुझावसमेत दिए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधानमै एनआरएनएको दोहोरो नागरिकताको विषयमा उल्लेख हुँदा ब्रिटिश गोर्खा सैनिक तथा उनिहरुका परिवारको विषयमा उल्लेख नगरिनु दुर्भाग्य भएको बताए । बेलायती सैनिक सेवा रज्यद्वारा नै निर्देशित भएकोले एनआरनहरुको भन्दा ब्रिटिश गोर्खाहरुको विषय भिन्न प्रकृतिको भएको र उनिहरुलाई नेपाली वंशजको नागरिकता निरन्तर हुनुपर्ने त्रिपाठीको कथन छ ।

भूतपूर्व सैनिक कल्याणकारी समिति, नेपालका सचिव अधिवक्ता चेतबहादुर आलेले २०७२ को संविधान संशोधन गरि ब्रिटिश गोर्खाहरुको माग सम्बोधन गर्नसकिने धारणा राखे । सहसचिव पूर्णबहादुर रानाले नागरिकता नैसर्गिक अधिकार भएको र गोर्खा सैनिकहरुले अनिवार्य पाउनुपर्ने धारणा राखे ।

लोकप्रिय