पैसा लिएर धर्म परिवर्तन गराएको आरोपमा मह जोडीको खण्डन
काठमाडौं । मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुका विरुद्धमा अनर्गल प्रचार गरिएको भन्दै आरोपको खण्डन गरेका छन् ।
यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर गरिएको प्रचारले अत्यन्त दुःखी बनाएको भन्दै उहाँहरुले भिडियो सन्देश जारी गर्दै भ्रममा नपर्न आग्रह गर्नुभएको हो । श्रेष्ठले यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर अनर्गल प्रचार गरेकोले अत्यन्त दुःखी बनाएको उल्लेख गर्नुभएको छ । ‘संसारमा राम्रो पनि छन् नराम्रो पनि हामीले राम्रो मात्रै छानेर रोगका विषयमा हामीले जनचेतना फैलाउने काम गरिरहेको’ बताएका छन् । साथै आचार्यले आफूहरूले गरेका सबै काम युट्युबमा पनि राखिएको भन्दै ति सामग्री हेरेपनि आफूहरूमाथि लान्छाना मात्र लगाएको प्रस्ट हुने जिकिर गर्नुभएको छ ।


प्रतिकृया दिनुहोस्