लिची २८ लाख रुपैयाँमा ठेक्का
काठमाडौं । उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले अहिलेसम्मकै बढी मूल्यमा लिची बिक्रीको ठेक्का लगाएको छ ।
बागवानी केन्द्रका अनुसार यस वर्ष उत्पादन भएको लिची बागवानीले २८ लाख २५ हजार रुपैयाँमा ठेक्का लगाएको हो । केन्द्रले बागवानीमा रहेको लिची बिक्रीका लागि गत चैत २७ गते न्यूनतम २५ लाख ५१ हजार बिक्री मूल्य राखेर सूचना प्रकाशित गरेको थियो । सूचनाअनुसार दर्ता हुन आएका निवेदनमध्ये हरिवन नगरपालिका– ७ स्थित नर्वदा सप्लायर्सले उक्त मूल्यमा लिचीको ठेक्का सकारेको हो ।
केन्द्रको ८।५ हेक्टर क्षेत्रफलमा छ सय २१ बोट लिचीखेती गरिएको छ । गत वर्ष २७ लाख १५ हजारमा ठेक्का लागेको लिची, उत्पादन बढ्दा यस वर्ष ठेक्का मूल्य पनि बढेको उनको भनाइ छ । बागवानीमा नौवटा जातका लिची उत्पादन हुँदै आएको छन् ।


प्रतिकृया दिनुहोस्