इत्तिहादसँग अल नासर पराजित
काठमाडौं । साउदी लिग अन्तर्गत अल नासर पराजित भएको छ ।
गएराती सम्पन्न खेलमा अल नासर अल इत्तिहादसँग ३–२ गोल अन्तले पराजित भएको हो । अल इत्तिहादको जितमा करिम बेन्जमा, एन्गोलो कान्टे र होसेम ओआरले एक एक गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि साडियो माने र आय्मान याहयाले एक एक गोल गरेका थिए ।
यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा अल इत्तिहादका मोउसा डियाबीले रातो कार्ड पाएका थिए । खेलमा २(० ले पछि परेको इत्तिहादले कमब्याक गर्दै शानदार जित हासिल गरेको थियो ।
यो जितपछि अल इत्तिहाद लिगमा ३० खेलमा ७१ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै अल नासरको भा ३० खेलमा ६० अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।


प्रतिकृया दिनुहोस्