पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले बिहीबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ ।

मुल्य घटेपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर १५७ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४२ भएको निगमले जनाएको छ ।

लोकप्रिय