कमल हसनको फिल्म ‘ठग लाइफ’को ट्रेलर सार्बजनिक
काठमाडौं । भारतको साउथ अभिनेता कमल हासनको बहुप्रतिक्षित फिल्म ‘ठग लाइफ’ को ट्रेलर रिलिज भएको छ ।
यो ट्रेलरमा, दिग्गज अभिनेताको शक्तिशाली एक्सनले फ्यानहरूको ध्यान आकर्षित गरिरहेको छ । ट्रेलरमा भावना, नाटक र जबरदस्त एक्सन देख्न सकिन्छ ।
मणिरत्नमको फिल्म ‘ठग लाइफ’ को ट्रेलरमा कमल हासनलाई पहिलो पटक देखाइएको छ । यो कथा राजधानी दिल्लीको पृष्ठभूमिमा देखाइँदैछ ।कमल हासनको फिल्मको ट्रेलर हेरेपछि फ्यानहरूबाट फरकफरक प्रतिक्रियाहरू देखिएको छ । धेरैले ७० वर्षीय अभिनेता कमल हासनको अभिनयको पनि प्रशंसा गरेका छन् ।
फिल्ममा कमल हसनका अलावा त्रिशा कृष्णन, सिलम्बरासन, नासेर, ऐश्वर्या लक्ष्मी, महेश मांजरेकर र अली फजल पनि छन् । यो फिल्म जुन ५ मा सिनेमाघरहरूमा रिलिज हुनेछ ।


प्रतिकृया दिनुहोस्