लुका मोड्रीचले रियल म्याड्रिड छोड्दै
काठमाडौं । लुका मोड्रीचले अन्ततः रियल म्याड्रिड छोड्ने भएका छन् ।
मोड्रीचले रियल म्याड्रिडका फ्यानलाई एक सन्देश जारी गर्दै यस सिजनको अन्त्यसँगै क्लब छोड्ने घोषणा गरेका हुन् । २०१२ देखि रियल म्याड्रिडमा खेलेका ३९ बर्षिय मोड्रीचले यसपछि फुटबल खेल्ने नखेल्ने बारे स्पष्ट गएका छैनन् । उनले भावुक सन्देश दिदै आफु जीवनभर म्याड्रिडको फ्यान रहने बताएका छन् ।
मोड्रीचले शनिबार रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा अन्तिम खेल खेल्दैछन् । मोड्रीचले रियल म्याड्रिडसँग ६ च्याम्पियन्स लिग उपाधि, ४ ला लिगा उपाधि जितेका छन् । रियल म्याड्रिडमा मोड्रीचले २८ उपाधि जितेका छन् । उनले २०१८ मा बेलुन डो अर उपाधि जितेका थिए । रियल म्याड्रिडका लागि कुल ५९० खेल खेलेका मोड्रीचले ४३ गोल गरेका छन् ।


प्रतिकृया दिनुहोस्