विवादास्पद पूर्व युक्रेनी अधिकारीको स्पेनमा हत्या

विवादास्पद पूर्व युक्रेनी अधिकारीको स्पेनमा हत्या

काठमाडौं । लामो समय युक्रेनको आन्तरिक राजनीतिमा चर्चामा रहेका आन्द्रेइ पोटनोभको म्याड्रिडमा हत्या भएको छ।

म्याड्रिडमा रहेको अमेरिकी विद्यालयमा बच्चा छाडेर फर्किएका उनलाई कार पार्कमा रहेको समयमा लगातार गोली प्रहार गरेर मारिएको हो।

उनको निधनपछि युक्रेनमा हुने गरेको भ्रष्टाचार र रुसी प्रभावको एउटा अध्याय नै अन्त्य भएको बताइएको छ। रुस समर्थित पूर्व राष्ट्रपति भिक्टर यानुकोभिचको प्रभावमा रहेर उनले बारम्बार सञ्चारकर्मीलाई धर्काउने गरेको पनि त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन्।

सन् २०१४ देखि रुसमा रहेका उनी सन् २०१९ मा युक्रेन फर्किएका थिए। सन् २०२२ मा रुसले फेरि युक्रेनमा आक्रमण गर्नु भन्दा अघि उनी स्पेन गएका थिए।

लोकप्रिय