सरकार विश्वबैंकसँग ऋण लिँदै

सरकार विश्वबैंकसँग ऋण लिँदै

काठमाडौं । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारले थप ५० अर्ब ५१ करोड सहुलियत ऋण लिने बताएका छन्।

गुरुङका अनुसार विश्व बैंकबाट प्राप्त हुने २० अर्ब ७९ करोड सहुलियत ऋण पुल सुधार तथा मर्मत कार्यक्रममा खर्च हुनेछ । जुन तेस्रो चरणको कार्यक्रम हो ।

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थासँग रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि करिब २९ अर्ब ७२ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको बताए ।

बर्दियामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि दक्षिण कोरिया सरकारबाट प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको बताए ।

बैठकले नेपाल सरकारको नाममा दर्ता रहेको १० रोपनी जग्गा १५ शैह्याको अस्पताल निर्माण गर्ने आँबुखैरेनी गाउँपालिका तनहुँलाई प्रयोग गर्न दिन स्वीकृति दिने निर्णय गरेको छ।

प्रवक्ता गुरुङले निजामति विधेयकलाई प्रतिनिधिसभामा पेश भएर छलफल भएपछि पारित हुने बताए । विधेयक रोक्न सरकारलाई कर्मचारीले दबाब दिएको भन्ने हल्लामा सत्यता नरहेको उल्लेख गर्दै सरकारी सञ्चारमाध्यमलाई समावेशी गराउँदै लैजाने सरकारको नीति रहेको बताए।

लोकप्रिय