गढीमाई नगरसभा सम्पन्न
रौतहट । रौतहटको गढीमाई नगरपालिकाको १२औँ नगरसभामा सम्पन्न भएको छ । उक्त नगरसभामा आगामी आर्थिक वर्षका लागि नगर प्रमुख श्यामप्रसाद यादवले ५४ करोड ९१ लाख ७२ हजार १०८ रुपैयाँको बजेट ल्याएका हुन् ।
पालिकाको आगामी आर्थिक वर्षको पुँजीगत बजेट १९ करोड १५ लाख ४९ हजार र चालुतर्फ ३५ करोड ७६ लाख २३ हजार १०८ रुपैयाँ रहेको छ।
नगरपालिकाको आन्तरिक आयतर्फ २ करोड, आन्तरिक राजस्व बाँडफाँट २ करोड, संघीय सरकारको समानीकरण अनुदानतर्फ ११ करोड २१ लाख, संघीय सरकारको सशर्त अनुदानतर्फ २५ करोड ५७ लाख, संघीय सरकारको राजस्व बाँडफाँडतर्फ १० करोड ८७ लाख ६५ हजार १०८, मधेश प्रदेश सरकारको समानीकरण अनुदानतर्फ ७७ लाख ४९ हजार, मधेश प्रदेश सरकारको विशेष अनुदानतर्फ ३० लाख, मधेश प्रदेश सरकारको समपूरक अनुदानतर्फ २० लाख, मधेश प्रदेश सरकारको राजस्व बाँडफाँडतर्फ ६३ लाख ५८ हजार, मधेश प्रदेश सरकारको सशर्त अनुदानतर्फ ९५ लाख, सडक बोर्ड नेपालबाट ४० लाख रुपैयाँ बजेटको स्रोत रहेको नगर प्रमुख यादवले जानकारी दिएका छन्।
यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारका कार्यलाई मुख्य प्राथमिकतामा राखिएको छ ।


प्रतिकृया दिनुहोस्