चामुण्डाविन्द्रासैनीले ल्यायो ४८ करोड बढिको बजेट

चामुण्डाविन्द्रासैनीले ल्यायो ४८ करोड बढिको बजेट

चामुण्डा । चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखको १७ औँ अधिवेसन उद्घाटन सत्रमै निति तथा कार्यक्रम पास भएको छ ।

मंगलबार चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाहीले पेश गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । नीति कार्यक्रममा कृषि, खानेपानी, पुर्वाधार, रोजगार, स्वास्थ्य, शिक्षा लगायतको विषयका वस्तुहरु समावेस गरिएको छ ।

कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर उपप्रमुख मनसरा कुमारी शर्माले आर्थिक वर्ष २०८२÷०८३ का लागि करिव ४८ करोड ४३ लाख ३ हजार ८८ बजेट विनियोजित गरेकी छिन ।

नगर सभाको अर्को बैठक यही असार २९ गते बस्ने गरी स्थगित भएको चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत एवम् सभाका सचिव भलाराम पंगेली जानकारी दिएका छन् ।

लोकप्रिय