सुदूरपश्चिम प्रदेश साक्षर घोषणा

सुदूरपश्चिम प्रदेश साक्षर घोषणा

सुदूरपश्चिम । सुदूरपश्चिम साक्षर प्रदेश घोषणा भएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले ‘साक्षर सुदूरपश्चिम प्रदेश’को औपचारिक घोषणा गरेका छन्।

सामाजिक विकास मन्त्रालयको आयोजना भएको घोषणा सभामा सम्बोधनमा मुख्यमन्त्री शाहले विश्व अहिले सूचना, प्रविधि र वैज्ञानिक युगमा प्रवेश गरिसकेको छ । सुदूरपश्चिमको शैक्षिक स्थिति उजागर गर्न प्रदेश सरकार लागि परेको बताए।

प्रदेशका ८८ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा साक्षर प्रदेश घोषणा गर्ने निर्णय लिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सर्वेक्षणमा १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकहरू साक्षर भइसकेको तथ्यांक पाइएको बताइएको छ।

सुदूरपश्चिमका सबै ९ जिल्लाहरू क्रमशः साक्षर जिल्ला घोषित भइसकेका थिए। सुदूरपश्चिम साक्षर घोषणामा चौथो प्रदेश बनेको छ । यसअघि बाग्मती, गण्डकी र कोसी प्रदेश साक्षर घोषित भइसकेका छन्।

लोकप्रिय