ग्लोबल हाटबजारको २५औँ हप्ता भव्य
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजार २५औँ हप्तामा प्रवेश गरेको अवसरमा हाटबजारमा विशेष मेला आयोजना गरेको हो ।
बैंकले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो।
‘उद्यमीको उत्पादन, ग्लोबल आईएमईको प्रोत्साहन’ भन्ने नारालाई आत्मसात गर्दै आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरूले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौँ कमलादी शाखामा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ।
अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजारको २५औँ हप्ता प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले मुलुकको अर्थतन्त्रमा लघु, साना तथा मझौला व्यवसायको महत्वपूर्ण भूमिका रहेको तथा हाटबजारले उद्यम व्यवसायको प्रवद्र्धनमा विशेष योगदान पुर्याउने बताए ।
हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्याइरहेका लघु, साना तथा मझौला उद्यमहरूको बजारमा पहुँच विस्तार गर्न कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध बनाउन र कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य प्रदान गर्न सहयोगी भूमिका खेलेको छ ।
हाटबजारमा विषादीरहीत कृषि उपज, रैथाने बाली तथा सो अनुरुपका बालीका उत्पादन, स्थानीय स्रोतको उपयोग गरी उत्पादन गरिएका हस्तकला सामग्री, सजावटमा प्रयोग हुने विरुवालगायतका दुई दर्जन बढी कृषक तथा व्यवसायीहरूका उत्पादन प्रदर्शन तथा बिक्रीमा राखिएको थियो ।


प्रतिकृया दिनुहोस्